
काठमाण्डौ धोबिघाटमा दुर्धटना
१९ जेष्ठ २०७६, आईतवार २२:१३
साथीलाई गाडी चडाउन भनेर धोबिघाट चोक पुगेको थिएँ। यसै गफ गर्दै बस बिसौनीमा बसेका थियौं। सवारी साधन आफ्नै रफ्तारमा गुडिरहेका थिए।बाइक चड्ने शोक प्रायःलाई नै हुदो हो त्यस्तै मलाई नि छ। बाइकको कुराकानी गर्दै एउटा बाइक भए त कति घुमिन्थ्यो होला है भन्दै थियो साथी अनि म नि हो मा हो मिलाउदै कुरा गर्दै थियौँ।
एक्कसी केही ठूलो आवाज कानमा आएर ठोकिन पुग्यो। सबै कुराकानी त्यही एकै आवाजले उडाएर लग्यो अनि दुबै जना मेघा हस्पिटल तिर हतार हतार दौडियौं। दुर्धटना भएको भन्ने थाहा भयो अनि मन डराएर भित्री काम छुट्यो र दिमागमा प्रश्न हरु आउन थाले कतै चिनेको अनुहार पो देखा पर्छ कि?? अनि नजिक पुग्यौं, त्यहाँ एक युवक जो बाइकमा सवार थिए उनको मृत्यु भइसकेको रहेछ अनि अर्का त्यही बाइकमा सवार युवकलाइ चार तिर बोकेर अस्पताल तिर ल्याइदै थियो तर उन्को पनि त्यहीँ केही सममा नै मृत्युको खबर आयो।
हामी तीन छक्क परेर के हो है जीवन कस्तो होला नि, कहाँ बाट कहाँ जाने भनेर हिडेको बाटो पूरा गर्न नपाइ सेतो कात्रोमा चड्नुपर्छ भन्दै कुरा गर्न थाल्यौं। जीवन अमुल्य हुन्छ तर जब त्यो मरणमा बद्लिदैन तबसम्म मात्र रहेछ रमाइलो त। घरमा बा-आमा केटाकेटी कति बेला घर आइपुग्छन भनेर पर्खाइमा बसिरहनु भएको बेला ‘तपाईंको छोरो/छोरी अस्पतालमा छ चाडैं आउनुहोस’ भन्ने खबर पुग्दा कस्तो हुदो होला सोची नसक्नु छ।
Scorpio को गल्ती छ भन्दै हुनुहुन्थ्यो प्रत्यक्ष दर्सीहरु,
बिचरा पल्सर मा आफ्नै साइडमा गुडिरहेका दुई युवकहरुको spot death अनि टाटा सुमो का यात्रुहरुलाइ चोटपटक लागेको खबर छ। सासबाट लासमा परिणत भएका दुई युवाहरूको बैकुण्ठको बास होस अनि उपचारका क्रममा रहनुभएका घाइतेहरूलाई चाडो ठुक हुने कामना गर्दछु।
आफ्नु गाडी चाडो कुद्छ भन्दैमा चाहिने भन्दा बढी नचलाउनुस,हाम्रो पर्खाइ यमराजले त पक्का पनि गरिरहेका छन तर त्यो भन्दा अमुल्य पर्खाइ परिवार अनि साथिभाइहरुले गरिरहेका हुन्छन् जस्को पर्खाइ मात्र पर्खाइमा परिवर्तन नहोस् ।
Durga Raj Nepal
(MRR)
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै