
के ईरानले युद्ध चाहन्छ ?
२२ जेष्ठ २०७६, बुधबार ११:००
विश्वले धेरै युद्ध देखेको छ । शक्तिराष्ट्र, संघ अनि गठबन्धनको लामो फेरिहस्त बोकेको विश्वमा सर्वोच्चता अनि वाणिज्यका लागि धेरै देश अनि प्रभुत्व व्यक्तिहरुको तिलाञ्जली दिइएको छ । इतिहास मानव समुदायको होस् या प्रजातन्त्रको या अहिले आइए ग्लोवलीज्मको किन होस्। सर्वत्र रगतका टाटाहरु छन् । अहिले अमेरिका र ईरानको युद्धको तनावमा मध्यपूर्व त्रसित छ । सिरिया, लिवीया, ईराक, अफगानीस्तान हुँदै अब पालो ईरानको आएको हो त ?
अमेरिकी राष्ट्रपति ट्रम्पले अब कार्यकालको अन्ततिर भएपनि ईरानसंगको युद्ध गर्न चाहेको भनी अमेरिकी मिडियाहरुले नै लेख्न र प्रसारण गर्न थालेका छन् । युद्धपोत र भारी सैन्य दस्ताहरु ईरानी तटमा पुगेका छन्, के अब विश्व फेरि अर्को युद्धको खतरामा पुगेको हो ?
ईरान पनि आणविक हतियार सहितको शक्तिशाली देश हो र ईरानलाई समर्थन गर्ने अन्य धेरै देशहरु नभएका हैनन । अमेरिकी राष्ट्रपतिले स्वीकार नगरेपनि पर्सियन तटमा १२०,००० बढि अमेरिकी सैन्य दस्ताहरु तयारी हालतमा छन् । राष्ट्रपतिले आफ्नो ट्वीटमा ईरानको अफिसियल अन्त गरिने गरि युद्ध हुने सम्म पनि भनेंका छन् ।
यस युद्धको खतराबाट जानकारी लिएको साउदी अरबले भनें मक्कामा त्रिपक्षिय बैठकको प्रस्ताव पनि राखेको छ, अमेरिकी गठबन्धनसंग साउदी निकट र ईरानसंगको पुरानो दुश्मनका रुपमा परिचित छ । अमेरिकाले ईरानलाई आणविक बिकास कार्यक्रम रोक्न र शक्तिसञ्चय ठप्प पारेको हेर्न चाहन्छ र अहिले ईरानी नेतृत्व इतिहासकै सर्वोच्च तनावमा रहेको बताइन्छ । ईरान अर्थात त्यसवेलाको पर्सिया निकै आत्मविश्वासी र गौरव बोकेको देश हो । मुख्यतया ईरानीहरुले सिरिया, लिवीया र ईराकको हविगत पनि देखेका छन् । अन्य शक्तिराष्ट्रहरु चीन, रुस लगायत यस विषयमा मौन छन्, ईरानी छिमेकी पाकिस्तान पनि अव्यक्त ईरानी समर्थनमा रहेको बताइन्छ । यस क्षेत्रको युद्ध र ईरानी भूमिमा अमेरिकी हस्तक्षेपले विश्वमा तेश्रो विश्वयुद्ध निम्त्याउने त हैन ?
विश्व विनाशको दैलोमा त छैन ?
—
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै