
तीन दशक अघि बेईजिङ तियानआन्मेनको त्यो रात…
२१ जेष्ठ २०७६, मंगलवार २२:४४
३० वर्षअघि सन् १९८९ को जुनमा चीनको तियानआन्मेनमा भएको त्यो नरसंहार त्यो दशककै सबैभन्दा ठूलो क्रुर दमनको महिनाको रुपमा संसारभरले सम्झन्छन् ।
राजनीतिक सुधारको मागसहित बेईजिङको तियानआन्मेन स्क्वायरमा भेला भएर विरोध प्रदर्शन गरिरहेका हज्जारौं चिनी विद्यार्थीहरुमाथी कुदेको सैनिक ट्याङ्कले रगतको भेल बगाएको थियो । ३० दशकसम्म वास्तविक तथ्याङक् लुकाएको राज्यले सन् २०१७ मा सार्वजनिक गरेको केही दस्तावेजलाई मान्ने हो भने त्यस दमनमा १० हजारभन्दा बढी चिनी नागरिकहरुले ज्यान गुमाएका थिए भने कैंयौंको अङ्गभङ्ग समेत भएको थियो । तर अझै अन्तर्राष्ट्रिय समूदायले चीनद्वारा सार्वजनिक सन् २०१७ को तथ्याङ्कलाई मिथ्याङ्क मान्दछन् ।
सन् १९८० को दशक कम्यूनिष्ट शासन भएका देशमा विरोधप्रदर्शनको एकखाले लहर नै चलेको थियो जसमा एउटै मुख्य माग थिए, त्यो हो “सुधार र राजनीतिक परिवर्तन”को चाहना । चिन कस्तो अवस्थामा थियो भने उएउटा नयाँ बिरुवा विना कुनै अवरोध आफ्नो रफ्तारमा बढ्न र हुर्कने अवस्था मा होस् अर्थात् त्यो दशक चीन ‘आर्थिक, सांस्कृतिक जागरण’को एउटा रफ्तारको अवस्थामा थियो । त्यो रफ्तारको बाटोमा चीनी सत्ता आफ्नो सामू कुनैपनि रोडा नहोस् भन्ने चाहन्थ्यो ।
हजारौं विद्यार्थीहरु तियानआन्मेन स्क्वायरमा भेला भएर सरकारमा प्रजातान्त्रिक सुधार सहितको व्यवस्थाको माग सहित महिनौसम्म चरणवद्ध विरोधका कार्यक्रमहरु गर्दै आएका थिए । युवामा आशाको तरङ्ग उत्पन्न गराउने विषयले सत्तारुढ चिनीयाँ कम्यूनिष्ट पार्टीमा भने त्रासको माहोल बनाईराखेको थियो ।
महिनौं भएको प्रदर्शनलाई मत्थर बनाउने प्रयास नभएका हैनन, तर प्रदर्शन झनै प्रभावकारी रुपमा अघि बढ्दैथियो र निरन्तरको प्रयास विफल हुनथालेपछि जुन ३ मध्यरातमा बेईजिङ्गको तियानआन्मेनमा सैनिक ट्याङ्कहरु प्रदर्शनकारी नागरिकहरुमाथि गुड्न थाले । बिहानसम्म सैनिक ट्याङ्कले कती प्रद्शनकारीहरुको ज्यान लियो भन्ने विषय आजसम्म पनि कसैलाई थाहा छैन । ईतिहासकैं व्यापक दमन थियो त्यो जसको विरोध गर्ने नेताहरु समेत कैद भएका थिए ।
प्रजातन्त्र र राजनीतिक सुधारको चाहना राखेका नागरिकका सपना निषेधझै भए ठीक त्यसरी जसरी चीनले आफ्नो नागरिकको मुखबाट यो घटनाको विषयमा सुन्न, बोल्न पनि निषेध लगायो । त्यस घटना बारे चीन केही कुरा सुन्न पनि चाहदैन, देशमा एकखालको निशेष जस्तै गरेको छ । त्यस दुखद् घटनाको सम्झनामा विगतमा आयोजना हुने कार्यक्रमहरुमा समेत सरकारले दमन गर्दै आएको छ ।
राज्य के बुझ्छ भने तियानआन्मेन नरसंहारले चीनको आधूनिकीकरण प्रभावित गर्यो र यसको प्रभाव कम्यूनिष्ट पार्टीको क्षवि बिगारेको छ । तर केही व्यक्ति भने चीनमा सामाजिक र राजनीतिक स्थिरता तथा समृद्धिका लागि उक्त दमन ‘आवश्यक बलिदान’ भएको तर्क दिन्छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग