blood pressure

के तपाईलाई ब्लडप्रेसर छ ? यस्तो छ उपयोगी टिप्सहरु


मुटु बाट बाहिरिने र भित्र पस्ने रगतद्वारा रक्त नलिमा परेको चाप लाई रक्तचाप भनिन्छ | सामान्य रक्तचाप भनेको १२०/८० हो। १८ वर्षभन्दा माथिका मानिसमा यदि माथिल्लो ब्लड प्रेसर (सिस्टोलिक) १४० अथवा त्यसभन्दा बढी र तल्लो -डायस्टोलिक) ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप भएको मानिन्छ। कार्डियोभास्कुलर रोगका कारण मान्छेको मृत्युसमेत हुनसक्ने खतरा त्यतिखेर उत्पन्न हुनसक्छ, तब सामान्यतया ११५/७५को रक्तचापमा २०/१० का दरले बढ्दै दोब्बर हुनसक्छ। सामान्य रक्तचाप भएको ५५ वषर्ीय व्यक्तिलाई जीवनमा उच्च रक्तचाप हुने खतरा ९० प्रतिशत हुनसक्छ। उच्च रक्तचाप भएको व्यक्तिमा टाउको दुख्ने, झुम्म पार्ने जस्ता लक्षण देखापर्न सक्छन् वा कुनै पनि लक्षण नदेखिन पनि सक्छ। उच्च रक्तचापको कारण भने करिब १० प्रतिशत बिरामीमा मात्रै पत्ता लाग्ने गर्छ।

उच्च रक्तचापको समयमै उपचार नगरिए बिरामीमध्ये ५० प्रतिशतको हृदयाघात वा मुटुगति बन्द हुन्छ। २० प्रतिशत बिरामी पक्षाघातबाट मर्छन्। खानामा नुनको कमी, शारीरिक तौलमा नियन्त्रण, धूमपानको त्याग, नियमित शारीरिक व्यायाम, ताजा फलफूल तथा सागपातको बढी प्रयोग इत्यादि रक्तचाप नियन्त्रण गर्ने उपयोगी उपाय हुन्। उच्च रक्तचाप नियन्त्रण गर्ने औषधी प्रयोग गर्ने या नगर्ने निर्णय सम्बन्धित बिरामीमा रहन्छ। रक्तचापलाई जहिले पनि १३०/८०मा सीमित राख्नुपर्छ।

के खाने ?

  • पालक आलु जस्ता सागपात तरकारी र बदाम, केरा खरबुजा, खजुर, तरबुजा, मेवा, रातो अम्बा, किवी फल, अमिला फल, स्याउलगायत फलफूल
  •  हर्रो, अमला, कागती, मेथी, गहँुको दलिया, रोटी, खोले, जाउलो, बोक्रा भएका दाल, गेडागुडी, सलाद, काक्रो, गाजर, मुला, टमाटर, रातो भेडे खुर्सानी,
  •  चार÷चार पोटी लसुन खानासँग खाने
  • स्किम्ड दूध, क्रिम निकालेको दही, र मही खाने
  •  ठीक मात्रामा आलसको तेल, अलिभ ओइल, ओखर, पिस्ता र किसमिस
  • बेसार, दालचिनी, मेथी, ग्रीन टी, इसबगोल, पुदिनाको चिया, केराको थाम, वा तरबुजाको सेतो बोक्रा वा जुस, गहँु वा जौंका जमरा

के नखाने ?

  •  नुन एकदमै कम खाने
  • बटर, अन्डा, घिउ, क्रिम, एकै प्रकारको तेल, कुनै पनि किसिमको मासु एकदमै कम खाने (सकेसम्म नखाने)
  •  एकपटक प्रयोग गरिसकेको तेल नखाने
  •  जंकफुड, प्याकेटमा पाइने खाना वा खाजा जस्तै चाउचाउ, विस्कुट, कुरकुरे, कोल्ड ड्रिङ्स, क्याडी चकलेट, चिज क्रिम, तर, नौनी आइसक्रिम
  •  फास्ट फुड नखाने जस्तो बर्गर, पिज्जा, केक, पेस्ट्री, बेकरी, तारेभुटेका खाना, रोस्ट मिठाई, मासुको मम, अचार, समोसा, होटलका तरकारी, पुरी सकेसम्म नखाने
  •  रक्सी, चुरोट, कफी, बजारीया, चिया, पान, सुपारी, मसला
  •  धुमपान, मद्यपान, दुखाइ कम गर्ने औषधि

उच्च रक्तचापमा के गर्ने ?

  •  क्यालोरी घटाउने, सलाद, सागपात, हरियो तरकारी खाने, पानी प्रशस्त खाने
  •  नियमित व्यायाम गर्ने, तनाव कम गर्ने, पार्टी, भोजभतेरमा संयमित भएर परिकार लिने,
  •  अनिदो नबस्ने, ठीक समयमा सुत्ने र उठ्ने, कम्तिमा ७ घण्टासम्म मीठो निद्रामा सुत्ने
  •  हरेक दुई महिनामा खाने तेल परिवर्तन गर्ने
  •  जीनवशैलीलाई व्यवस्थित बनाउने, नरिसाउने
  •  पारिवारिक र अन्य वातावरणलाई सहज बनाउन प्रयत्न गर्ने
  •  बिहान केही समय शान्तपूर्वक ध्यान गर्ने

Loading comments...