Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

बाँदरमुडे घटनाको १४ वर्ष

२३ जेष्ठ २०७६, बिहीबार १४:१३


चितवनको निर्वाचन क्षेत्र ३ वाट निर्वाचित अहिलेका सरकारका सर्वोच्च नेता मध्य एक प्रचण्डको निर्वाचन क्षेत्रमा नै पर्ने बाँदरमुडे भन्ने ठाँउमा आजभन्दा १४ वर्ष अघि यात्रुवाहक बसमा वम विष्फोट गराई, ३८ जना सर्वसाधारणलाई एकचिहान बनाइएको इतिहास ज्यूँदो छ । आज बाँदरमुडे घटनाको १४ वर्ष भएको छ ।

 

संसदीय निर्वाचनको अन्तिम चुनावी सभा माडीमा आयोजना हुँदा दाहालले ०७४ मंसिर १७ गते पीडितसँग लिखित सहमति गरेका थिए । सहमतिमा मृतकमा आश्रित परिवारका लागि काम गर्न सक्नेलाई रोजगार तथा स्वरोजगार, नसक्नेलाई जीवनवृत्ति र बालबालिका पढाउने उल्लेख थियो । घाइतेको अवस्था हेरी औषधोपचारको व्यवस्था, काम गर्न सक्नेलाई रोजगारी र नसक्नेलाई जीवनवृत्ति उपलब्ध गराउने सहमतिको प्रतिबद्धता थियो ।

घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा बाँदरमुढे क्षेत्रमा १० बिघा जमिनमा स्मारक, ऐतिहासिक नमुना संग्रहालय र चिडियाघर निर्माण गरेर माडीकै प्रमुख पर्यटकीय स्थल बनाउने पनि भनिएको थियो । घटना भएको माडी बाँदरमुढे खोलामा पीडितले बनाएको सानो स्मारकको रङ खुइलिँदै गएको छ । काँसले स्मारकलाई छोप्न थालेको छ ।

बिसं २०६२ साल जेठ २३ गतेको दिनदेखि आजसम्म देशले धेरै आरोह अवरोह खेप्यो होला तर बाँदरमुडे घटना र पिडित परिवारलाई आश्वाशन सिवाय केहि भएन ।

‘तर पीडितले न न्याय पाए, न माओवादीले नै दिने भनेको राहत पाए ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले