८५ जना बिरामीलाई मारेको पुरुष नर्स


 

यो समाचारले अहिले विश्व स्वास्थ परिवेशमा ठूलो सनसनी मचाएको छ । जर्मनको यूद्धपश्चातको इतिहासमा यो हत्याको अहिलेसम्मकै सर्वाधिक हो भनिएको छ, निल्सले आफ्नो स्याहार अन्र्तगतका बिभिन्न ८५ विरामीलाई अनेकन नशालु औषधी र सुई दिएर मारेको तथ्य बाहिर आएको छ । यी हत्याहरु यिनले सन् २००० देखि २००५ का बिचमा गरेको खुलासा भएको छ, निल्ससंगै काम गर्ने अर्को नर्सले बिरामीलाई सिफारिस नगरिएको सुई लगाँउदै गर्दा उनलाई समातिएको हो । निल्सले ३४ देखि ९६ वर्षका मान्छेहरुको हत्या गरेको बताइन्छ, १५ पटक आशंकाका घेरामा समातिएका निल्सलाई जर्मन प्रशासनले प्रमाणको अभावमा छाडेको थियो ।

 

यस अघि नै ६ जना अन्य बिरामीको हत्या केसमा निल्सले एक दशक कारावासमा बिताइसकेका छन् । प्रहरीको प्रारम्भिक अनुमानमा निल्सले अहिलेसम्म २०० भन्दा बढिको हत्या गरिसकेको हुनसक्छ । धेरैजना मृतकको दाहसंस्कार अटोप्सी नगरि गरिएको भएकाले निल्सले मारेका मान्छेको सख्याँ यकिन गरेर भन्न सकिने अवस्था छैन । उनको संझना कमजोर भएको र घरि १०० जना मारेको स्वीकार गर्ने र घरि केवल ४३ जना मात्र मारेको स्वीकार गर्ने गरेको बताइन्छ ।

केहि दिनअघि जर्मनको एउटा अदालतमा भएको सुनुवाईमा निल्सले पिडीतका परिवारसंग माफी पनि मागेका थिए । निल्सले किन र के कारणले हत्या गरे भन्ने कुरा चाँही प्रकाशमा आएको छैन ।

 

लाइभमाण्डु


Loading comments...