
४४ वर्ष अघिको १७ जुन, त्यो पहिलो विश्वकप क्रिकेट
सन् १९७५ को जुन ७ मा विश्व खेलकूदमा फूटबल पछिको दोश्रो लोकप्रिय खेल क्रिकेटको पहिलो विश्वकप प्रतियोगिता शुरु भएको थियो । १९७५, ७ जुन देखि २१ जुनसम्म अर्थात् केवल १५ दिन चलेको त्यो पहिलो विश्वकप बेलायतमा खेलिएको थियो ।
सबै खेलाडीहरु सेतो पहिरन लगाएर रातो बलले खेलिएको त्यो विश्वकप ६० ओभरको थियो । विश्व क्रिकेटमा अष्ट्रेलिया भन्दा अघि त्यतिबेला क्यारेबियन खेलाडीहरुको दबदबा थियो ।
क्लाईव लायडको नेतृत्वमा ओर्लिएको वेष्टइण्डिजको टोलीले पहिलो विश्वकपमा आफ्नो कब्जा जमाएको थियो । वेष्टइण्डिजले अष्ट्रेलियालाई १७ रनले पराजित गरेको उक्त खेलमा वेष्टइण्डिजका कफ्तान क्लाईव लायडले एेतिहासिक शतक जोड्दै १०२ रन बनाएका थिए भने उनलाई साथ दिएका अर्का सर्वाधिक रन बनाउने ब्याट्सम्यान रोहन कन्हाईले बनाएको ५५ को योगदानले वेष्टइण्डिजले कूल ८ विकेट गुमाउँदै २९१ रन बनाएको थियो ।
लक्ष्य पछ्याउन आएको अष्ट्रेलियाले यस खेलमा सुझबुझयुक्त खेल पस्किएको थियो । वेष्टइण्डिज जस्तो टोलीका विरुद्ध अष्ट्रेलियन ब्याटिङ अर्डरले खुब मिहिनेत गर्यो । आकर्षक खेल कौशलको प्रदर्शन गर्दै ५०.४ ओभरसम्म खेल्दै २७४ रन मा सम्पूर्ण विकेट गुमाउँदै उप विजेता बनेको थियो ।
त्यस विश्वकपको पहिलो खेल भने भारत र बेलायतबिच खेलिएको थियो र त्यस खेलमा पहिलो बल क्रिचमा फ्याक्ने ईतिहास कोरेका थिए भारतीय टोलीका मदन लालले । जसमा भारतले नमिठो हार बेहोरेको थियो । यो खेलमा एउटा अचम्मको ईतिहास सुनिल गावस्करले कोरीदिए । अच्मम के भयो भने बेलायतको सामू निरिह झै देखिएको भारतीय टोलीमा टिकेर खेल्ने ब्याट्सम्यास सुनिल गावास्कर मात्र थिए । त्यस क्रममा उनले १७४ बलको सामना गर्दै केवल ३६ रन मात्र जोडेका थिए । जसको चर्चा आज पनि विश्व क्रिकेटका पारखिहरुले गर्ने गर्दछन् । बेलायतका ठूला पत्रिकालाई त त्यसबेला यो सबैभन्दा ठूलो मसला बनेको थियो । गावास्करको त्यो रेकर्ड धेरैपछिसम्म पनि बेलायती सञ्चारमाध्यममा छाई रह्यो ।
लर्ड्समा भएको वेष्टइण्डिज–अष्ट्रेलिया बिचको फाइनल खेलमा रोय फ्रेड्रिक्सले अष्ट्रेलियाका डेनिस लिलीको बललाई हुट सट लगाउँदै मैदान बाहिर पठाएका थिए । हरेक विश्वकपमा फ्रेड्रिक्सले छक्का हानेक त्यो एउटा तस्बिर समाचार बन्ने गर्दछ । यस खेलमा अष्ट्रेलियन ब्याट्सम्यान एलन टर्नर रन आउट भएका थिए । वेष्टइण्डिजका विव रिचर्ड्सले लगाएको थ्रोमा विकेटकिपर जेफरी डूजोनले आउट भएको भनेर जोरदार अपिल गरेका थिए र एलन टर्नरलाई अम्पायरले आउट गरेको थियो ।
—
लाईभमाण्डू