नव विवाहीतको कथा


विवाहलाइ दुइ जना (नर र नारी) को सामाजिक धार्मिक तथा कानुनी सम्बन्ध मानिन्छ । विवाहले दुइ घरपरिवारका मानिसहरुको नयाँ नाता सम्बन्ध स्थापित गरेको हुन्छ । विभिन्न समप्रदायमा विवाह गर्ने परम्परा अलग अलग भएता पनि आखिर विवाह भनेको दुइ जनाको सम्बन्ध नै हो ।

सवैको परिवार छुट्टा छुट्टै सिद्धान्तमा चलेको हुन्छ । एउटा परिवारको रहन सहन अर्काे घरमा जाँदा अर्को लाग्नु स्वभाविक नै हो त्यसमाथि पनि एउटा नयाँ ठाउँमा अर्काे नयाँ ठाउँको सदस्य थप हुँदा पनि रहन सहनमा निकै परिर्वतन हुने गर्दछ । त्यस्ता कुराहरु नव दम्पतीहरुले विषेश भोग्नु पर्ने हुन्छ ।

त्यस्तै धने र सरुको पनि विवाह गरेको दुइ तिन महिना मात्र भएको छ । उनीहरु एक सुन्दर जोडी भएका छन । आजकाल उनीहरु काम गर्दा मिलेर गर्ने एक अर्कामा निर्भर देख्न सकिन्छ । फेसबुक को कुराले उनिहरु विच विवाह भएको केहि दिनमै मन मुटाव भएको छ । ३ दिन अघि उनीहरु ठुलो झगडा गरेका छन । सरु माइत जाने निर्णयमा पुगेरे सामानहरु प्याकिङ्ग गरी उनि धनेको घरमा कुनै हालतमा पनि नफर्कने जनाएर माइत तिर गइन ।

घरमा अरु सदस्य कोहि नभएको बेला भएको झगडामा धनेले श्रीमती माइतमा काम भएर गएको भनि घरमा झुट बोली परिवारलाइ विस्वस्त पार्न सफल भएका छन भने सरु पनि माइतमा त्यस्तै बहाना बनाएकी छन । उनीहरुले आफुले झगडा गरेको कुरा कतै पनि सुनाएका छैनन । उनीहरुमा अप्रतक्ष समाजको डर पनि देखिन्छ । धने अब उसलाइ कहिल्यै नबोलाउने अडानमा छन ।

अस्तीको दिनमा दुवै जना ढुक्क भएको अभिनय गरेका थिए । धनेको घरमा बुहारीको के काम रहेछ माइतमा अपरझट जानु पर्ने भन्ने कुरा सुनिन थाल्छ अनि सरुको माइतमा पनि छोरी किन एक्कासी आइ भन्ने कुरा बाबु आमा खुसुखुुसु गर्नु हुन्छ । हिजो धने संधै जसो घरको काम काजमा ब्यस्त थिए । विगतका दिनमा दुवै जोडी मिलेर गर्ने काम धने एक्लैले गर्दा उस्लाइ निकै असजिलो महसुस भएको छ । उनीहरुलाइ एक अर्काको बानी लागेको छ । उनीहरु खाना खाने बेला देखि हरेक क्रियाकलापमा निकै सम्झने गर्दछन । बेलुका दुवै जना आआफ्नो घरमा सुत्छन धनेले पानीको अंखोरा राख्न विर्षन्छ अनि राती प्यास लाग्छ र उसलाइ सम्झन्छ । विहान धनेले उठाए पछि मात्र उठ्ने सरु आज कसैको आवाज विना उठ्दा न्यास्रो अुनभुति भएको छ ।

आज उनीहरुको तेस्रो दिन दुवै जना एक अर्कालाइ सम्झीएका छन । उनीहरु दुवैलाइ पारिवारिक तथा मानसिक दवाव बृद्धी हुँदै गएको छ । उनीहरु एक अर्काको फेसवुक वाल हेर्न थालेका छन । उनीहरु विछोडिएको पिडा सहि नसक्नु भएको छ दुवै अनलाइन छन अनि एकले अर्कालाइ बोलाउन सकेका छैनन । धने र सरु दुवै एक अर्काको म्यासेजको प्रतिक्षामा रहन्छन । अनलाइन भएको धनेले आफ्नो अडान विर्षन्छ र सरुलाइ म्यासेज गर्छ । सरु पनि तुरुन्त म्यासेज रिप्लाइ गर्छे । लिन आए जाने कुरा सरुले बताउँछे अनि उनीहरु पुन नयाँ जोडीको जिवन सुरुवात गर्दछन ।

भनिन्छ श्रीमान श्रीमतीको झगडा परालको आगो जस्तै हो केहिबेर विशाल रुप लिएता पनि छिट्टै नै सामान्य अवस्थामा आइपुग्छ । नयाँ ठाउँ नया रहन सहन अनि नयाँ मानिसहरुसंग घुलमिल हुन अनि अरुलाइ बुझ्न केहि समय लाग्ने हुँदा यस्ता समान्य मन मुटावहरु भइरहन्छन, भविष्यमा एक अर्कालाइ बुझ्न थाले पछि सवै कुराको सामान्य लाग्ने र सम्बन्ध झनै प्रगाड हुँदै जान्छ ।

 

-लाइभमाण्डुको लागि अर्जुन भण्डारी


Loading comments...