Lifestyle Portal
  •   १० श्रावण २०७८, आईतवार

भारतको पश्चिम वंगालमा राजनैतिक दंगा

२६ जेष्ठ २०७६, आईतवार १६:००

सत्तारुढ भाजपाका ३ जना समर्थकहरु र अर्का बिद्रोही समुहका एकजनाको पश्चिम वंगालको सन्देशखली भन्ने ठाँउमा भएको दंगामा गोली चल्दा मृत्यू भएको खबर छ ।
पश्चिम वंगालका पूर्वीय ईलाकामा गतवर्ष बाटै भाजपा समर्थक र अन्य पार्टी समर्थक त्रिनामुल बिद्रोहीहरु बिच भिडन्त हुँदै आएको छ ।
भाजपाका वंगाल प्रवक्ताले आफ्नो पार्टीका झण्डा र पोष्टरहरु च्यात्न बिद्रोहीहरु आएकाले प्रतिकार स्वरुप भिडन्त भएको जनाएको छ । यद्धपी त्रिनामोल काँग्रेसका नेता ज्योतिप्रीयो मुलीकले आफ्ना कार्यकर्ता पार्टी भेलामा जाँदै गर्दा भाजपाका कार्यकर्ताले बाटैमा झगडा गरेर गोली हानी मारेको आरोप लगाएका छन् ।
सन् २०१४ मा केवल २ वटा सिट ल्याएको भाजपाले सन् २०१९ को चुनावमा वेस्ट वंगालवाट १८ सिट जितेको छ । त्रिनामुल काँग्रेसकी ममता बेनर्जिले पनि भाजपालाई यस दंगाको दोष दिएकी छिन् । गतवर्ष ममता बेनर्जिको शाषनकालमा एकजना भाजपाका नेतालाई मारेर रुखमा झुन्ड्याइएको थियो, प्रधानमन्त्री मोदीले पनि त्यस वखत उक्त घटनाको घोर बिरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

नेपाली काँग्रेसको चौधौं महाधिवेशनको निर्धारित मिति नजिकिँदै गर्दा पार्टीको आगामी नीति र कार्यदिशाका बारेमा गम्भीर बहस हुनाको साटो आगामी नेतृत्वका

काठमाण्डौ । प्रतिनीधिसभाबाट विश्वासको मत जितेर प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी बीच टेलिफोन संवाद भएको छ

काठमाण्डौ । विश्वासको मतका लागि नेपाली काँग्रेसका सभापती तथा प्रधानमन्त्री देउबाले कुल २७५ भोट मध्यबाट १६५ बहुमत भोट प्राप्त गर्नुभएको

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति