दुर्योधनको विलाप, महाभारत कथा


दुर्योधनले आफुलाई धर्म र अधर्मको बारेमा थाहा भएको र धर्मको पक्षमा लाग्न चाहने भएपनि आफु अधर्मतिर आकर्षित भएको स्वीकार गर्दछन् । आफ्नो पक्ष र पथमा धर्मको उज्यालो नभएको स्वीकारोक्ति संगै आफु अधर्मको फल भोग्न पनि शुरुदेखि नै तयार भएको उन्को सोच रहन्छ । अर्जुन पनि यस कुरामा चकित नै हुन्छन्, मान्छे आफ्नो ईच्छा ले या बाध्यता अनि परिस्थितजन्य कुराले अधर्ममा लाग्छन् त ? अर्जुनले यस प्रश्न गीतामा कृष्णलाई सोधेको पाइन्छ । मान्छेको अवस्थिती र ब्यबहारको निकट अध्ययन र बिष्लेषण गर्नुभएका कृष्णले धर्म र अधर्मको चयनमा मान्छेको भूमिका बिषयमा निकै गहन र चित्तपर्दो उत्तर दिनुभएको पाइन्छ । अधर्म मान्छेलाई बाध्यतामा पारेर गरिने कुरा हैन्, मान्छे भित्रको रजगुण र चाहना, वासना र क्रोधले अधर्म निम्त्याँउदछ, कृष्णले उत्तर दिनुहुन्छ ।

राम्रो र नराम्रो कुरामा कुनै बाहिरी तत्वको बाध्यताले मान्छेलाई निर्धारण गरेको हुँदैन । जीवनको अर्थ नै चाह, क्रोध र लालचकाट माथि आएर केहि कुरा प्राप्त गर्न या स्वभाव सुन्तुष्ट पार्न अधर्म गर्ने गल्तीबाट जोगिनुमा छ, कृष्णको उत्तर यस्तो हुन्छ । हरेक मान्छेले आफुभित्र आफुतत्व र आफ्नो महत्वलाई आगो झैं पालेको हुन्छ, यस आगोको लप्को जति बढ्दै गयो क्रोध र अधर्म उति बढ्दै जान्छ ।
जसरी धुलो लागेको ऐनाले प्रतिबिम्ब स्पष्ट देखाँउदैन, त्यस्तै अहंकार र आफुतत्वको आगो पालेको मान्छेले आत्म ज्योतिको परावर्तन गर्न सक्दैन ।

सुयोग ढकाल
लाइभमाण्डु


Loading comments...