Lifestyle Portal
  •   १९ जेष्ठ २०८०, शुक्रबार

पूर्वमा ५ जना डेंगुका विरामी फेला, सर्तकता अपनाउन डाक्टरको सल्लाह

२८ जेष्ठ २०७६, मंगलवार १२:४३


शिव भटटराई, इटहरी । डेंगुका बिरामीहरु इटहरी उपमहानगरपालिका र मोरङको सुन्दर हरैचामा समेत फेला परेपछि उच्च सर्तकता अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन । भने इटहरीमा दुई जना र सुन्दर हरैचामा थप ५ जना डेंगुका बिरामी भेटिएको हो । केही समय अघिदेखी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य अस्पतालहरुमा उपचार भई रहेको समयमा इटहरी अस्पतालमा उपचार गराउन आएका थप दुई जनामा समेत डेंगु भएको पुष्टि भएको थियो ।

त्यस्तै इटहरी अस्पतालमा उपचारारेथ भर्ना भएका थप दुई जनामा डेंगु देखा परेको अस्पतालका स्थास्थकर्मी शिव ढकालले जानकारी दिनुभयो । उपमहानगरपालिका र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरी जेष्ठ १९ गते देखि उच्च सर्तकता अपनाउँदै सचेतना तथा लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य गर्न थालिएको कुरा समेत ढकालले बताउनु भयो । बिरामीहरुमा कोपिला दाहाल, देवेन्द्र दाहाल, यमुना गुरुङ, पर्वल गुरुङ र कृष्ण शाहमा डेंगु फेला परेको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ दुई चिकित्सकहरु डा विजय खनाल र डा प्रज्जवल प्याकुरेल समेत इटहरी आएर डेंगुको संक्रमण फैलन नदिने विषयमा सचेतना जगाउने कार्यमा सहभागी भएका छन ।

भिडियो

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले