Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

बन्द कोठाका डिजिटल स्क्रिनमा ‘नेपाल’ देखेपछि यसरी छल्कियो करिष्मा मानन्धरको अनुभूती

२८ जेष्ठ २०७६, मंगलवार १६:०३


काठमाडौँ । We Will Rise Foundation ले नेपाल भ्रमण वर्ष २०२०’ लाई मध्यनजर गर्दै सम्भावना बोकेका तर ओझेलमा परेका पर्यटकीय स्थलहरुको खोजी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ अभियानको प्रतियोगितामा प्राप्त भिडियोहरुमध्ये उत्कृष्ट भिडियोहरु यही अषाढ १६ गते काठमाण्डौस्थित होटल अन्नपूर्णमा सार्वजनिक हुनेभएको छ । यही अभियानमा विभिन्न निर्णायकहरुमध्येकी एक चर्चित अभिनेतृ तथा नेतृ करिष्मा मानन्धरले देशैभरीबाट प्राप्त भिडियोहरु छनौटका क्रममा ओझेलमा परेका नेपालका सुन्दर पाटाहरुलाई बडो सुन्दर शब्दमार्फत् आफ्नो फेसबुक पानामा अभिव्यक्त गर्नुभएको छ ।

‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेन्ज ! छोटो फिल्म प्रतियोगितामा उत्कृष्ट 28 फिल्महरु हेर्दा येस्तो लाग्यो कि म सम्पूर्ण नेपालको कुना कन्दरा घुमिरहेको छु ती गगनचुम्बी हिमालहरु संग अग्लिरहेको छु, ती हरिया पाहाडका टुप्पाहरु लाई छुँदै उडिरहेका कुहिरो, आफुलाइ निर्धक्क स्वतन्त्र खस्न छोडी दियेका ती उन्मुक्त झर्ना, पाहाडको उचाँइबाट हेर्दा कपास जस्तो क्षितिज सम्म फैलिएको आँगन जस्तो बादल, अमुल्य हिरा जस्तो टलपल टल्किने हिमताल, हरिया घना जङ्गल, घाँसका मैदानमा गुलाफी, पँहेलो, सेतो फुलहरु ।

तराईको फराकिला फाँट, धार्मिक उत्सव, मन्दिरको घण्टीको कर्णप्रिय तरङ्ग र गुम्बाका श्लोकका आवाज, झल्मलाउने दियोको बातिहरु अनि लठ्ठ पार्ने धुपको सुभाष, अरबौ अँखाहरुले कहिले नछोएका कुना कुनाका स-साना गाउँ र त्यहाका चलन बन्द कोठामा बसेर स्क्रिनमा हेरिरहँदा ती सब ठाउँका हरेक दृश्यमा आफू उपस्थित छु जस्तो आभास भयो ।

धन्यवाद Nirmal Shrestha you made my day ! स्वर्ग भनेको सायद मेरो देश नेपाल जस्तै हुन्छहोला !!


करिष्मा मानन्धर

‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेन्ज !!!
———————————————
ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागार गर्ने प्रयास अनुरुप आयोजित ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो प्रतियोगितामा मुलुकभरबाट प्राप्त १ सय ३२ भिडियोहरु मध्येबाट उत्कृष्ट छनौट गर्ने क्रममा नेपाली कला विधाका अब्बल नामहरु क्रमशः अभिनेत्री एवं चलचित्र निर्माता करिश्मा मानन्धर, वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप उपाध्याय, वरिष्ठ फोटोग्राफर जगदिश तिवारी, निर्देशक सम्झना उप्रेती रौनियार र कलाकार एवं निर्देशक निर्मल शर्माका साथै पूर्व छनौट टोलीमा अभिनेत्री एवं निर्माता छुल्ठिम गुरुङ, वि विल राईज फाउण्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठ, मुकुन्द बोगटी, खड्ग परियार र संस्थाका संचालन निर्देशक अनुप बराल लगायत हुनुहुन्छ ।

निर्णायक टोलीको संयोजक फाउण्डेसनका संस्थापक निर्देशक एवं वरिष्ठ फोटोपत्रकार विकास रौनियार हुनुहुन्छ । भिडियो छनौटका लागि स्थान लगायत सम्पूर्ण व्यवस्थापन बालकुमारीस्थित नारायणी अटो विजनेस परिवारले सहयोग गरेको कुरा वि विल राईज फाउण्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले लाईभमाण्डूसंगको कुराकानीको क्रममा बताउनुभयो ।


तस्बिरहरु: फाउण्डेसनका अभिन्न अंग एवं चर्चित ग्ल्याामर फोटोग्राफर महेश प्रधानले उपलब्ध गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा