दलित उकास्ने नायक हितप्रसाद सुवेदी


चन्द्रलाल र उनकी कान्छी पत्नी पद्मकुमारी सुवेदीका नौजना छोरामध्ये हितप्रसाद उपाध्याय कान्छा छोरा थिए उनको जन्म १९८० सालमा रामेछापको मन्थलीमा भएको थियो

सुवेदी बाल्यकालदेखि नै तीक्ष्ण स्वभावका थिए साथै सरलनरम र भद्र उनको वैयक्तिक चरित्रको मौलिकता थियो त्यतिमात्र होइन उनी सानैदेखि आमाबाबुको सहयोगी थिए उनी घरमा आइ परेका कठोर शरीरिक परिश्रम पनि गर्थे त्यसैले बाल्यकाल र किशोरावस्थामा उनले घरधन्दादेखि मेलापातसम्म पनि आफ्ना बुबाआमालाई सघाएका थिए उनीले बाल्यकालदेखि नै गाईभैंसी गोठालोका रूपमा आफूलाई प्रस्तुत गरेका थिए

लेखकः नरेन्द्रराज प्रसाई

चन्द्रलाल सुवेदीले आफ्ना घरमा संस्कृतनेपालीहिन्दीबङ्गाली भाषाका कृतिहरू सङ्ग्रह गरेका थिए त्यसैले उनको घर एक प्रकारको पुस्तकालय नै थियो तीनै पुस्तक पढ्नु पनि हितप्रसादको दिनचर्या हुन्थ्यो त्यसैले फुर्सद भएका बेला उनका हातमा किताव हुने गथ्र्यो ती किताव पढ्दापढ्दै उनी पनि लेख्नमा उद्यत हुन थाले त्यसो त उनले आफ्नै बुबाको प्रेरणाले काव्यलेखनमा आफूलाई सरिक गराएका थिए त्यसैले उनले दस वर्षकै उमेरदेखि कविता लेख्न पनि थाले लेख्तालेख्तै उनी नेपाली भाषासाहित्यमा विर्सिनसक्नुका स्रष्टाका रुपमा देखा पर्न थाले साथै उनका प्रकाशित काव्यकृतिहरू हुन्— चन्द्रवदनअङ्गद रावण सम्वादसती सुलोचनासुवेदीको पुख्र्यौली आदि

सुवेदीले कविताभजन र गजल पनि लेखे आध्यात्मिक चेतनाले ओतप्रोत उनका सृजना मानवतावादी दृष्टिले समेटिएका छन् उनी प्रायः प्रकृतिजगतधर्मसंस्कृति र प्रेममा आधारित काव्यको नै रचना गर्थे उनले लेखेका कृतिमध्ये एउटा कितावले नेपाली भाषासाहित्यको संसारमा विवाद पनि ल्यायो कुरा के हो भने अनङ्गनाथ पौड्यालकृत ‘अङ्गदरावण संवाद’ (खण्डकाव्य) यिनका नाउँमा पनि छापिएको थियो यसबारे कोही जानिफकारले भने ‘‘अङ्गदरावण संवाद’ हितप्रसाद सुवेदीलाई खुबै मन परेको थियो अनि उनले यसलाई आफ्नो डायरीमा सारेको हुनुपर्छ उनको शेषपछि उनका छोरा अशोक सुवेदीले आफ्ना बुबाको डाएरी हेर्ने क्रममा यस कृतिको स्वरुप पनि देखे अनि उनले यो कृति पनि पक्कै मेरा बुबाकै होला भनेर प्रकाशनमा ल्याए ’ चर्को विवाद भएपछि मात्र उनले पनि यसबरेको सग्लो जानकारी भेटे साथै त्यस विषयमा थप अनुसन्धान पनि जारी नै छ

सुवेदी साहित्यकार मात्र थिएनन् उनी तमसुक लेख्न पनि सिपालु थिए गाउँघरका जालीफटाहाका विरुद्ध उनी जसरी लागे त्यसरी नै गरिब जनताको पक्षमा तमसुक लेख्ने काम पनि उनले गरे साथै गाउँघरका निरक्षरहरूको चिठीपत्र लेख्ने काममा पनि उनी खुबै सक्रिय थिए

सुवेदी माध्यामिक कालको पछिल्लो पुस्तामा उम्रेका कवि थिए भने आधुनिक युगको आरम्भमा देखा परेका साहित्यकार थिए

सुवेदीले दुई जनासँग बिहे गरे तर जेठी पत्नी चन्द्रवदनको निधन भएपछि उनले जुनमायालाई भित्र्याए अघिल्लो दाम्पत्य जीवनका कुनै नासो थिएनन् तर पछिल्लो दाम्पत्य जीवनमा रहँदैबाँच्ता उनीहरुबाट सातजना सन्तान जन्मे

सुवेदी राजर्षी पारामा हिँड्थे यो कला उनले कोलकाता वस्ता सुवर्णशमशेरसँग सिकेका थिए तर उनी नेपालमा आएपछि पनि हाकिमकै पारामा ठाँटिएर हिंड्थे जुनसुकै ठाउँमा जाँदा पनि उनी प्रायः दौरासुरुवालकोटटोपी लगाएर निस्कन्थे उनी जहाँ जान्थे पहिला राष्ट्रियताको कुरा गर्थेदोस्रो साहित्यको चर्चा गर्थे र तेस्रो नारीहीतको प्रसङ्ग ल्याउँथे नारीमा उनी विधुवाहरूको सारै आदर गर्थे उनी विधुवा र दलितलाई कसैले होच्यायो भने उसैसँग जाइ लाग्थे यस मामलामा उनी सकेसम्म गलेर सम्झौताको फेर समाउँदैन थिए उनको जीवनको लक्ष्य नै दलित मुक्ति थियो जनराष्ट्रकवि ईश्वरवल्लभका शब्दमा भनुपर्दा सुवेदी दलित उकास्ने नायक थिए

सुवेदी प्रजातन्त्रप्रेमी थिए त्यसैले उनी युवावस्थादेखि राणाको जरा उखेल्ने चेष्टामा लागे त्यस बेला उनका आदर्श विश्वेश्वरप्रसाद कोइराला थिए त्यसैले पञ्चायती व्यवस्था कायम भएपछि उनी नेपाल टिक्न सकेनन् र भागेर भारतको कोलकात्ता गए त्यहाँ उनको सुवर्णशमशेर राणासँग साँठगाँग भयो अनि त्यहाँ राणाले उनलाई खानबस्नको प्रबन्ध मिलाई दिए उनको जाँगरनिष्ठा र विश्वासलाई राणाले फेरि मुल्याङ्कन गरे र त्यसबापत उनलाई आठपहरियामा राखे त्यसबेला राणाको कोलकात्ताको चौरङ्गी रोडमा कारबारीको प्रमुख नै सुवेदी थिए

सुवेदीले सुवर्णशमशेरको सङ्गतमा विश्वेश्वरप्रसाद कोइराला चिनेगणेशमानसिंहसँग आत्मीयता बाँडे र थीरबम मल्लसँग घाँटी जोडे अनि उनीहरूर्क अर्चना कुँदेर उनले महाकाव्य पनि लेखे त्यस कार्यको प्रशंसा गरेर सुवर्णशमशेरले केही सुन र नगद पुरस्कार पनि दिए

सुवेदीलाई जागिर दिएपछि सुवेदी माथी चढेर राणाले दाइँ गर्न थाले उनले धेरै वर्ष सुवेदीका ढाडमा टेकेर आपूmलाई प्रदर्शन गरिरहे तर नेपालमा प्रजातन्त्र आएपछि राणाले सुवेदीलाई आफ्नो छायाँबाटै खुर्केर फाले अनि सुवेदी विद्रोही बनेर नेपाल फर्के त्यसपछि राणाले सुवेदीलाई फकाउन थाले राणाले सुवेदीलाई विरगन्जमा भएको आफ्नो २५ विघा जग्गा दिने बेहोराको फेरि अर्को तार पठाए तर सुवेदी एकोहोरो भएर राणाकै विरोधमा कुर्लिसकेका थिए अनि त्यति बेला उनले राणालाई जवाफ फर्काएका पनि थिए, ‘यो नेपाली झुक्तैनएकपटक धोका दिनेले सधैं धोकैधोका दिइरहन्छ राणाको खेतमा यो नेपालीले आफ्नो गलामा फेरि पासो भिर्दैन

सुवेदी नेपाल आएर जनउत्थानमा लाग्न थाले उनी घरपरिवारमा जति समय दिन्थे समाजसेवामा पनि त्यतिकै उत्सर्गिक थिए उनी समाजका हरेक तप्काका मान्छेसँग शिष्टाचार राख्थे तर उनी सधैं नेपाली काङ्ग्रेस जिन्दावाद भन्थे अन्ततः उनलाई त्यही सिद्धान्तले मुर्दावादमा रूपान्तर गरिदियो भनौं सिद्धान्तमा मरिमेट्ता यिनले हातमा लाग्यो सुन्ना भिरे उनको जीवनलीला काङ्ग्रेसको थोत्रो झोला भिरेर नै सकियो तर उनको त्याग रामेछापका जनताले आआफ्ना कानमा बाँधिरहे अनि उनको स्वाभिमानको पाठ त्यहाँका नेपालीहरूले याद गरिरहे

सुवेदीले आफ्नो जीवनभरी काङ्ग्रेसी सिद्धान्तलाई शिरको ताज बनाएरै हिंडे तर उनी भित्रभित्रै सुकुम्वासी जीवन भोगिरहेका थिए किनभने त्यतिन्जेलसम्ममा उनको घरजग्गा अर्कैले कब्जा गरिसकेको रहेछ यस घटनाबाट उनी रोए त्यही व्यथाबाट नै उनको प्राण पनि सकियो उनी २०३९ चैत २५ रामेछापको मन्थलीमा स्वर्गीय भए


Loading comments...