अझै पनि ५२ प्रतिसत गर्भपतन असुरक्षित


३७ बर्षिय रमला गतराज (नाम परिवर्तन) दुई सन्तानकी आमा हुन् । कान्छो छोरा पाए पछि परिवार नियोजनका लागि डिपो लगाईन तर महिनावारीमा समस्या आएकाले चिकित्सकको सल्लाह अनुसार बिगत ९ बर्ष देखि पिल्स सेवन गरिरहेकी थिईन । तर ३–४ महिनादेखि अगाडि सासुको सिकिष्त बिमारी अनि मृत्युका कारण एकातिर पिल्स छोडिन् भने अर्कातिर महिनावारी पर सार्न औषधि प्रयोग गरिन । यो बिचमा महिनावारी नियमित भएन र कहिले गर्भ रहयो हेक्का भएन । आफुलाई गर्भको शंका लागे पछि घरैमा प्रिग्नेन्सी किड् ल्याएर पिसाबबाट गर्भ परिक्षण गरिन् । त्यसमा गर्भ रहेको देखिए पछि गर्भपतनका लागि श्रीमान्लाई स्थानिय फामेर्सीबाट औषधी ल्याउन लगाईन र सेवन गरिन् । ‘हिजो एक ट्याब्लेट खाएको थिए, अनि आज बिहान ४ चक्की खाए । औषधि खाएको १ घण्टा नबित्दै पेट दुख्न थाल्यो । ३ घण्टा पछि रक्तश्राव हुन थाल्यो, अनि भ्रुण पनि गयो । सबै बनिसकेको रहेछ । भ्रुण गईसकेर पनि रगत रोकिन, ईटहरीको एउटा अस्पताल गए, स्लाईन अनि नशाबाट औषधि दियो तर रगत रोकिएको छैन । डा.साब मलाई गा¥हो भईसक्यो, प्लीज मलाई बचाउनुस्’ राती ११ बजे मोरङ्ग सहकारी अस्पतालमा रमिलाले रुदै भनिन् । राति नै मैले उनको पाठेघरमा रहेको शालनाल निकाले, जुन हेर्दा करिब १४–१५ हप्ताको गर्भको जस्तो थियो । त्यसपछि रक्तश्राव रोकियो । आज उनी सकुशल घर गईन । उनको शालनाल (प्लासेन्टा) ननिकालिएको भए, रक्तश्राव रोकिदैन थियो र अत्याधिक रक्तश्रावले मृत्यु निश्चित थियो । उनी गर्भपतनका लागि सुचिकृत संस्थामा संम्पर्क गरेको भए सायद यस्तो गा¥हो हुदैन थियो होला ।

समान्यतया गर्भपतन भन्ने बितिकै राम्रो अवस्थामा भएको गर्भलाई समाजिक, व्यवहारिक, आर्थिक तथा अन्य विभिन्न कारणले सो गर्भलाई निरन्तरन्ता दिन नसकेर गर्भवतीको ईच्छामा गर्भको अन्त गर्नु वा जन्मिने अवधि भन्दा अगाडि नै कृतिम तरिकाले निकाल्ने वा नष्ट गर्नु हो । हुनत् कतिपय अवस्थामा गर्भ राख्ने चाहना हुदाहुदै नि खेर जान सक्छ । गर्भ आफै खेर गए पछि उपचारका लागि सम्बन्धित अस्पताल वा स्वास्थ्य केन्द्र पुग्ने गरे तापनि गर्भपतन सेवाका लागि मान्यता पाएको भन्दा पनि लुकेर वा गोप्य तरिकाले अनाधिकृत स्वास्थ्य केन्द्रमा जाने गरेको तथ्याङ्कहरुले देखाएका छन् । आखिर किन महिलाहरु गर्भपतन सेवा लिन सम्बन्धित र सुरक्षित स्वास्थ्य केन्द्रमा जान रुचाउदैनन् ? अझै अध्ययन गर्न बाकि छ ।

सुरक्षित गर्भपतन सेवा रोज्न पाउने महिलाहरुको प्रजनन् अधिकारका रुपमा स्थापित छ । गर्भपतन गराउदा कानुन पो लाग्छ कि भन्ने डर होला तर डराउनु पर्दैन । नेपालमा गर्भवती महिलाको ईच्छाले गर्भपतन गर्न पाउने कानुनी मान्यता सन् २००२ मा प्राप्त भयो । अहिले त झन ऐन नै आएको छ ‘सुरक्षित मातृत्व र प्रजनन अधिकार ऐन २०७५’ । यस ऐनले १८ बर्ष पार गरेका महिलालाई आफ्नै मञ्जुरिमा १२ हप्ता सम्मको गर्भ पतन गराउन पाउने र बिशेष अवस्थाहरुमा २८ हप्ता सम्मको गर्भ पनि पतन गराउन पाउने अधिकार स्थापित गरेको छ । अझै पनि ४१ प्रतिसत महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको जानकारी रहेको देखिएको छ ।
नेपालमा सुरक्षित गर्भपतन सेवा पर्याप्त छैन पनि भन्न मिल्दैन । सन् २००४ मा अधिराज्यभरि गर्भपतन सेवा विस्तार गरियो साथै २००९ मा औषधिले गरिने गर्भपतन एम ए पनि शुरु गरियो । परिवार महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार हाल ७५ वटै जिल्लामा गरेर ३ हजार भन्दा बढि गर्भपतन सेवा दिने स्वास्थ्यकर्मी तथा चिकित्सकहरु छन् । सरकारी स्वास्थ्य केन्द्रमा मात्र होईन, निजी क्लिनिक तथा स्वास्थ्य संस्थालाई पनि आवश्यक पुर्वाधार र जनशक्ती भएको अवस्थामा स्विकृत दिने प्रावधान छ र दिएका पनि छन् । तर ४४ प्रतिसत महिलाहरुलाई मात्र गर्भपतन कहा गरिन्छ भन्ने थाहा रहेको डेमाग्राभी एण्ड हेल्थ शर्भे २०१६ ले देखाएको छ ।

नेपालमा गर्भपतन सेवा महङ्गो पनि छैन । २०७३ साल देखि नेपाल सरकारका स्वास्थ्य संस्थाहरुमा गर्भपतन सेवा निःशुल्क गरिएको छ भने निजी अस्पतालहरुमा पनि यो सेवाको शुल्क १२ सय देखि ३५ सय सम्म रहेको देखिन्छ । मैले सेवा दिने मोरङ्ग सहकारी अस्पताल बिराटनगरमा यो सेवाका लागि २५ सय शुल्क तय गरिएको छ । यो यर्थात भए तापनि सुरक्षित गर्भपतन रोज्नेहरुको संख्या ४८ प्रतिसत मात्र छ । हाम्रो देशमा ५२ प्रतिसत नेपाली महिलाहरुले सुरक्षित गर्भपतन रोजेको र त्यसैका कारण स्वास्थ्यमा समस्या त छदैछ, आर्थिक क्षति र समयको पनि क्षति व्यहर्नु परेको पाईन्छ ।

डा.बालकृष्ण साह
प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ
मोरङ्ग सहकारी अस्पताल, बिराटनगर


Loading comments...