
खाली पेटमा लिची किन खान हुँदैन?
३२ जेष्ठ २०७६, शनिबार १३:५१
सन् २०१९ को जुन महिनामा भारतको बिहार राज्यस्थित मुजफ्फरपुर शहरमा १५ दिनको बिचमा मस्तिष्कज्वरो तथा क्युट इन्सेफलाइटिस सिन्ड्रोम (एइएस)को कारण ९३ जनाभन्दा धेरै केटकेटीको ज्यान गयो । गर्मीको समयमा बालबालिकाहरु एक्कासी ढल्ने, बर्बराउने, छारे रोगले लड्ने जस्ता धेरै समस्या देखिन थाल्यो । जसमध्येका केही बालबालिकाहरुको मृत्यु भएको खबर सार्वजनिक भए । आखिर गर्मीको मौसम, खानेकुरा र जीवनशैलीमा के त्यस्तो सम्बन्ध छ त, जसका कारण ती बालबालिकाहरुले ज्यान गुमाउनुपर्यो ?
खाली पेटमा लिची खाएकै कारण बालबालिकाहरुको मृत्यु भएको खबर बिबिसीले सार्वजनिक गरेको थियो ।

लिची सेवनका तथ्यहरुबारे यो जानकारी तपाईंलाई उपयोगी हुनसक्छ । खाली पेटमा काँचो लिची खाएमा लिचिमा रहेको विषाक्त तत्वले उत्पन्न गर्ने रसायनिक असन्तुलनका कारण ज्याननै जाने सम्भावना हुन्छ । लिचीमा हाइपोग्लिसीन-ए र मिथाइल एन्साइक्लोप्रोपाइल्गिसीन नामको विषालु तत्व पनि पाइन्छ । जसका कारण वान्ता हुने मात्र नभई छारेरोग झै लक्षण देखिने र विशेषत कुपोषित बालबालिकाहरुले काँचो लिची खाएमा ज्यानै जाने सम्भावना पनि हुन्छ । व्रत अर्थात उपवास बसेको बेला फलाहारको रुपमा लिचीको सेवन गर्नुहुन्न ।
विहारको त्यस घटनामा सिकिस्त विरामी भएर अस्पतालमा भर्ना भएका अधिकांश बालबालिकाको रगत र पिसाबको जाँच गर्दा ती दुवै तत्व पाइएको थियो । स्थानीय अधिकारीहरुले गरेको जाँचका क्रममा अधिकांश बालबालिकाले राति केही नखाएको र बिहानै धेरै लिची खाएको पुष्टि भएको थियो ।
पहिलेदेखि नै कुपोषणको शिकार तथा अन्य कुनै रोगले बिरामी बालबालिकाहरुले लिची खाँदा यो रोग लाग्ने खतरा धेरै हुन्छ ।
यस घटनाको जाँचमा संलग्न चिकित्सकहरूले सो क्षेत्रका बालबालिकालाई सीमित मात्रामा मात्र लिची खान तथा लिची खानुअघि सन्तुलित भोजन गर्न सल्लाह दिएका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको