
गुठी सामन्तवादको उपज ?
१ असार २०७६, आईतवार १६:०२
गुठी सामन्तवादको उपज भनेर व्याख्या गर्नुलाइ बाैद्धिक पाखण्डपन भन्याे भने चित्त दुखाउंछन् हाेला तर हुनचाहिं त्यहिं नै हाे । तर इतिहासले त त्यस्ताे भन्दाे रहेन छ । गुठी त सामुहिकताकाे जिउंदाे उदाहरण हाे भन्ने कुरा कम्यून प्रणाालीका पक्षपाेषकहरूले अलि छिटाे बुझ्नु पर्ने हाे जस्ताे लाग्छ । तल दिइएकाे इतिहासका पानाहरूले गुठी प्रणाली कति पुरानाे हाे मात्र बताउंदैन । बरू संसारमा बिरलै पाइने शासकीय प्रणाली जुन लिखित इतिहास मात्र हेर्ने हाे भने पनि १ हजार ५ सय ५५ बर्ष देखि चलिआएको प्रजातान्त्रिक प्रणाली हाे, याे बिश्व ज्ञानभण्डारकाे लागि नेपालकाे अनुपम उपहार हाे भनेर बुझाउंदछ।
तल नेपालकाे इतिहांसकाे, खासगरी लिखित इतिहासकाे शुरूवातका ३ वटा शिलापत्रकाे अंशहरू छन् । यी सबै सामग्री स्व. धनबज्र बज्राचार्यकाे लिच्छिविकालीन अभिलेखहरू भन्ने पुस्तकबाट साभार गरिएकाे हाे ।
१, नेपालकाे सम्भवतः सबैभन्दा पुरानाे शिलापत्र जुन चावहिलमा पाइएकाे थियाे । मिति मेटीएकाे यस शिलापत्रलाइ नेपाली इतिहासका मुर्धन्य हस्ती स्व. धनबज्र बज्राचार्य मानदेव भन्दा पहिलेकाे भन्नुहुन्छ । यसमा गुठीकाे व्यवस्था गरीएकाेछ ।
२, मानदेवकाे इ.सं. ४६४काे चांगुनारायणाकाे शिलापत्र जुन नेपालकाे लिखित इतिहासकाे मिति सहितकाे पहिलाे अभिलेख हाे । यसमा पनि खाेपृङग्राम अर्थात भक्तपुरमा गुठीकाे आयस्थाको लागि ५४ मानिका २० मानिका….. काे खेत व्यवस्था गरेकाे पाइन्छ ।
३, गुठी व्यवस्था बुझाउने सबैभन्दा बिस्तृत शिलापत्र लेलेकाे इ सं.६०४काे अंशुवर्माकाे शिलापत्र हाे जसमा बस्ती व्यवस्थापनका कार्यहरू जस्तै सडक बत्ती, पिउने पानी, हिति, बाटाघाटा आदिको व्यवस्थापन सामुहिकरूपमा गुठीबाट गरिन्थ्याे । फुर्सद भए अल्छी नमानी पढ्नुहाेला ।
संसारमा कुन शासन प्रणााली governance system छ जुन २००० बर्ष देखि राजा, राज्य, बंश, र शासन पद्धत्ती फेरिंदा पनि निरन्तर चलेकाे छ? आज त्यस्ताे दिगाे व्यवस्था सुदृढ पार्नु त कता हाे कता केहि राजनितिक अनाडीहरूकाे लहडमा ढाल्न खाेजिंदैछ ।
PR Joshi
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,