Lifestyle Portal
  •   ६ चैत्र २०७९, सोमबार

विश्वको दोश्रो सम्पूर्ण सौर्य उर्जाले सञ्चालीत हुने नेपाली विमानस्थल

१ असार २०७६, आईतवार ०८:३३

लोकप्रिय

सन् २०१५ मा भारतको कोचिन अन्तराष्ट्रिय विमानस्थलले सम्पूर्ण रुपमा सौर्य उर्जाको प्रयोग गर्दै आफुलाई विश्वकै पहिलो सौर्य उर्जाले सञ्चालित विमानस्थलका रुपमा स्थापीत गरेको थियो ।

यस विमानस्थलमा ब्यागेज क्लेम शाखा देखि एयर ट्राफिक कन्ट्रोलर रुम, रन वे लाइट्स, ग्राउण्ड कन्ट्रोल रुम लगायतका धेरै कुरा सौर्य उर्जाले चल्ने छ, त्यस्तै सन् २०२१ भित्रमा नेपालको भैरहवाको गौम बुद्ध अन्तराष्ट्रिय विमानस्थल पनि विश्वको दोश्रो पूर्ण सौर्य उर्जाले चल्ने बिमानस्थल हुने भएको छ ।

एसियन बिकास बैंकको सहयोगमा यस बिमानस्थल निर्माण हुँदैछ भनें बिमानस्थलमा सौर्य प्यानलहरु राख्न यथेष्ट ठाँउ राखिएको पाइन्छ । कूल ७८७ बिग्गामा यस बिमानस्थल निर्माण भएको छ । १० मेघावटको बिजुली उत्पादन क्षमता बरावर उत्पादन हुने सौर्य प्यानलहरुको स्थापना कार्य शुरु भइसकेको छ । प्रति मेघाबाट १० लाख अमेरिकी डलर खर्च हुने तथ्य देखिन्छ र यस अर्थमा सम्पूर्ण सोलार प्यानलको स्थापनाका लागि कूल १ करोड अमेरिकी डलर खर्च हुने देखिन्छ । चीनको नर्थवेस्ट सिभिल एभिएशन एयरपोर्ट लाई प्राविधिक सहयोगका लागि यस परियोजनामा चीनको यस एयरपोर्टलाई नेपाललाई ६ दशमलव २२ बिलियन अमेरिकी डलर दिने संझौता गरेको छ ।
समग्रमा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल विश्वकै दोश्रो ग्रिन बिमानस्थल हुनेछ र नेपालको पहिलो ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा