के विश्वले अब अर्को गल्फ युद्ध खप्न सक्छ ?


तेहरान र वासिंगटन युद्धको तयारीमा छ, लाल समुन्द्र तनावग्रस्त छ । के अब विश्वले अर्को गल्फ युद्ध खप्न सक्छ त ? सर्वाधिक त्रासदीपूर्ण प्रश्न छ यो ।
के ईरान साँच्चै खाडी देशहरुको सुरक्षा चुनौति हो त ?
उता ४४ जना आफ्ना नौसेनालाई दुईवटा भेसलमा भएको आगलागीपछि जोगाएको पनि ईरानी अधिकारीहरुले जनाएका छन् । साउदी अरब र ईरानको पुरानौ बैमनस्यतालाई अहिले अमेरिकाले राम्रो संग फाइदा लिन सकेको हो या ईरान स्वयम नै हतियारको उत्पादन र प्रयोगमा अन्य केहि विश्व शक्तिराष्ट्रसंग जोडि चाहेर अमेरिका रिसाएको हो ?

जे सुकै होस् ईरान र अमेरिका अहिले सर्वाधिक संवेदनशील अवस्थामा छन् । यमन र ईरानको साझेदारीमा चलाइएको भनेको हाउथी आतंकवादीहरुको साउदी अरब आक्रमण सिलसिलामा हात भएको आरोप पनि यमन र ईरानलाई लगाइएको छ । १२ मे मा ४ वटा तेलका ट्याकंरहरुमा भएको आगजनीमा दुईवटा साउदी, एउटा नर्वेजियन र अर्को ईमीराती ट्याकंरहरु नष्ट भएका थिए, यी आक्रमणको आरोप पनि एक्लो ईरानलाई लगाइएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टीनो गुइटेरसले पनि अर्को गल्फ वार बिश्वले सहन गर्न नसक्ने बताए तथापी उता अमेरिकाको नेशनल सेक्यूरिटी एड्भाइजर जोन वोल्नले सम्पूर्ण आक्रमण र खाडीको सुरक्षा चुनौतिमा ईरानलाई आरोप लगाएका छन् ।
लाइभमाण्डु


Loading comments...