
चीनमा भुकम्प नेपाललाई जनाउ
३ असार २०७६, मंगलवार १२:१६
नेपाल र चीन बिचमा छिमेकी समबन्ध मात्र नभई भौगोलिक हिसाबमा पनि टेक्टोनीक प्लेट्सको अन्र्तसम्बन्ध छ । भारतीय उपमहाद्धीपको टेक्टोनीक प्लेट्सले चीनीयाँ प्लेट्सलाई भेटेको पर्वतिय श्रृखलाका भूभागहरु नेपाल र चीनको साझा भागमा पर्दछन् ।
यस अर्थमा चीनमा भएका भौगोलिक परिवर्तन अनि प्राकृतिक प्रकोपले नेपाललाई बिशेष सतर्क बनाउन बिगुल फुक्दछ ।
भर्खर चीनको दक्षिणपश्चिम भूभागमा भुकम्पको ठूलो धक्का महसुस गरिएको छ । १३४ जनाको हताहती अनि १२ जनाको मृत्युको खबर छ । सिचुवान प्रान्तको यिबीन शहरमा यस भुकम्पको असर धेरै छ, ४ हजार बढि बिस्थापित भएको प्रारम्भिक तथ्याकं छ । यस प्रान्तको राजधानी छेन्दुमा भुकम्पको पूर्वसुचना दिने प्रणालीले सर्तकता अपनाउने जनाउ दिएतापनि त्यस जनाउ केवल भुकम्प आउन १० सेकेण्डमात्र अघि आएको खबर छ । यसले यस्ता जनाउ प्रणालीको प्रभावकारितामा पनि प्रश्न खडा गरेको छ ।
यदि जनाउ समयमा नै भएको भए मृत्यु र हताहती हुनेको संख्यामा औसत १४ प्रतिशतले क मगर्न सकिने तथ्य छ । भुकम्पको मुख्य धक्का पछि ४ वटा पराकम्प गएको र सर्वाधिक धेरै रेक्टर स्केल मापन गरिएकोमा ५ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको देखिन्छ । सन् २००८ मा चीनको सिचुवानमा ७ दशमलव ९ रेक्टर स्केलको भुकम्पले ८७,००० को ज्यान लिएको थियो । आज आएको मुकम्प ६ रेक्टर स्केलको भएको खबर छ ।
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा