नेपाल पर्यटन बोर्ड , प्रेस विज्ञप्ति


०२ असार, २०७६, काठमाण्डौं ।
           भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपालको बौद्ध धार्मिक पर्यटनको प्रवद्र्धन
नेपालका लागि उदीयमान पर्यटन बजारको रुपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाईल्याण्डमा नेपाल पर्यटन बोर्डले सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो नेपाल) सँगको सहकार्यमा नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्धार र एक आकर्षक पर्यटकीय गन्तब्यको रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल सेल्स मिसन २०१९ कार्यक्रम क्रमशः यहि जुन १०, १२ र १४ तारेखका दिन सम्पन्न गरेको छ ।

कार्यक्रममा बोर्डकोतर्फबाट सहभागी प्रतिनिधिहरुले नेपाल भ्रमण वर्ष २०२० लगायत नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रमुख गन्तब्यका साथै एक पटक भ्रमण गर्नैपर्ने गन्तब्यको रुपमा सहभागीहरु माझ प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रमका अवसरमा बोर्डले तयार गरेको लुम्बिनीको वृत्तचित्र र सोट्टो नेपालले तयार गरेको नेपाल सम्बन्धी प्रवद्र्धनात्मक वृत्तचित्र पनि देखाइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव श्री घनश्याम उपाध्यायले नेपाल सरकारले पर्यटनलाई दिएको महत्वमाथि प्रकाशा पार्दै नेपाल भ्रमण वर्ष २०२० राष्ट्रिय अभियानका अवसरमा स्वदेशी र विदेशी पर्यटन व्यवसायीहरुलाई थप व्यवसायिक सम्बन्ध विस्तार गर्न आग्रह गर्नु भयोे । सोट्टो नेपालका अध्यक्ष श्री मधुसुदन उपाध्यायले बौद्ध धार्मिक पर्यटन केन्द«को रुपमा नेपाल भ्रमण प्याकेज बिक्री गर्न कार्यक्रममा सहभागी स्थानीय पर्यटन व्यवसायी प्रतिनिधिहरुलाई अनुरोध गर्नु भयो ।

उक्त अवसरमा नेपालबाट सहभागी भएका पर्यटन व्यवसायीहरु र विदेशस्थित पर्यटन व्यवसायीहरु बीच भियतनामको हनोई, कम्बोडियाको न्होम पेँेह र थाईल्याण्डको बैंककमा क्रमशः जुन १०, १२ र १४ तारिखका दिन व्यवसायिक गतिविधिहरु विस्तारका सम्बन्धमा अन्तरक्रिया समेत भएको थियो ।

नेपाली राजदुतावास बैंककको सहकार्य एवम् समन्वयमा बेैंककमा आयोजना गरिएको नेपाल साँझ २०१९ मा थाइल्याण्डका लागि नेपालका राजदुत महामहिम श्री गणेश प्रसाद ढकालले नेपाल र थाईल्याण्डको साठी वर्ष पुरानो र सौहार्दपूर्ण दौत्य सम्बन्धको स्मरण गर्दै थाइल्याण्डका जनतामा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीप्रति अगाध आस्था रहेकोले लुम्बिनीलाई भ्रमण प्याकेजमा समावेश गर्न थाई पर्यटन व्यवसायीहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रमको अवसरमा लुम्बिनीका लागि सदभावना दुत श्री बिक्रम पाँडे काजीले बुद्धको जीवन र बुद्धिष्ट सर्किटको विषयमा गहन प्रस्तुती पस्किुनु भएको थियो ।

नेपाल सेल्स मिसन २०१९ ले बौद्ध धमावलम्वीहरु बढी भएका यी तीन वटै देशका पर्यटन व्यवसायीहरु र सञ्चमरकर्मी माझ बौद्ध धार्मिक पर्यटन सहित नेपालको पर्यटकीय आकर्षणहरु र नेपाल भ्रमण वर्ष २०२० को सन्देश संम्प्रेशण गर्न समेत सहयोग पुगेको छ । सन् २०१८ मा भियतनामबाट कुल १२,४५४ कम्बोडियाबाट ३,७९० र थाईल्याण्डबाट ५३,२५० जना पर्यटकहरु नेपाल भ्रमणमा आएको तथ्यांक रहेको छ । नेपाल वायु सेवा निगमले हप्तामा तीन पटक काठमाण्डौं –बैंकक–काठमाण्डौं हवाई सेवा संचालन गरिरहेका छन् । यस सहज आवागमनले यी देशहरुबाट नेपालमा पर्यटक आगमन वृद्धि हुने विश्वास लिइएको छ । उपरोक्त नेपाल सेल्स मिसन कार्यक्रममा नेपाल पर्यटन बोर्डबाट प्रबन्धकद्वय श्री खड्ग बिक्रम शाह र श्री सुमन घिमिरे, सोट्टो नेपालका पूर्व अध्यक्ष श्री अनिल लामा, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का प्रथम उपाध्यक्ष श्री अच्युत गुराँगाई सहित नेपाली पर्यटन व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


Loading comments...