
यो नोभेम्बर विकिपिडिया एसियाली महिना
५ मंसिर २०७५, बुधबार १५:२९
स्वतन्त्र र खुला ज्ञानको शब्दकोष विकिपिडियामा जो सुकैले पनि आफ्नो लेख राख्न सक्ने र सच्याउन सक्ने सुविधा रहेको छ । यो नोभेम्बर महिना भरी विकिपिडियामा एसियाली राष्ट्रहरुको पृष्ठ संख्या बृद्धी तथा गुणस्तर सुधार गर्ने उद्धेश्यले यो कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा नेपाली सल्लाहकारहरु पनि रहनुभएको छ जस्ले लेखकको लेख हेरी स्वीकृतीको लागि सहयोग गर्नुहुनेछ ।
हाल सम्म विकिपिडियामा ३१,४११ वटा नेपाली लेखहरु प्रकाशित छन । यस कार्यक्रमवाट नेपाली लेखहरुको संख्या र गुणस्तरमा बृद्धि हुने विश्वास गरिएको छ ।
गत वर्ष नोभेम्बरमा एसियाली महिना २०१७ मनाइएको थियो । उक्त कार्यक्रममा नेपालबाट पनि उत्साह जनक सहभागिता रहेको थियो । जस्मा ५ वटा लेख स्वीकृत भएकालाइ पोष्ट कार्ड, १५ वटा भन्दा बढि लेखेको खण्डमा विशेष पोष्ट कार्ड र सर्वाधिक स्वीकार योग्य लेख लेख्ने विकिपिडियनलाइ पोष्ट कार्डको अलवा हस्ताक्षर भएको पत्र सहित “विकिपिडिया राजदुत” भनि सम्मान गरिने जनाइएको थियो । जुन कार्यक्रममा ८० लेखहरु स्वीकृत भएका थिए ।
यस नोभेम्बर महिनाको सुवरुवातको ११ दिन सम्ममा मात्र ६८ वटा नेपाली लेखहरु प्रकाशित भएका छन । जस्मा पर्वत सुवेदी ले ३१ वटा लेख पेश गरेकोमा ३१ वटै स्वीकृत भएका छन, हिमाल सुवेदीको ३२ मध्ये ३० लेख स्वीकृत भएका छन, जनक भट्टका १ मध्ये १ स्वीकृत भएको छ, भुपेन्द्र श्रेष्ठले ५ वटा पेश गरेका मध्ये ५ वटै स्वीेकृत भएका छन, त्यस्तै निर्जल श्रेष्ठ १ वटा पेश गरेको मध्ये १ वटै स्वीकृत भएको छ ।
यस कार्यक्रमको विस्तृत विवरणका लागि विकिपिडियाको पेजमा हेर्नुहोला ।
–लाइभमाण्डुको लागि अर्जुन भण्डारी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग
कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले