
काठमाण्डौंमा गुठियारहरुको एतिहासिक प्रदर्शन
४ असार २०७६, बुधबार १८:४८
सभ्यता, परम्परा अनि मौलिकताले भरिएको देश नेपालका हरेक नागरीकको मनमनमा आफ्नो परम्परा र सभ्यताप्रतिको माया छ । हजारौं वर्षबाट चलिआएका जात्रा, परम्परा देखि भेलाहरु अनि अखण्ड किर्तन देखि निशुल्क भोजनसम्म गुठिहरुले व्यबस्थापन गर्दै आएको यस देशमा अहिले सरकारले ल्याउन चाहेको गुठि सम्बन्धी ऐनको व्यापक विरोध भइरहेको छ । यस ऐनले हाम्रा सांस्कृतिक धरोहरलाई आउने पुस्ताको हातमा सुम्पन लायक नछोड्ने धेरैको तर्क छ ।
गुठि बिधेयकको विरोधमा आज उक्त विधेयकको विरोधमा राजधानीमा व्यापक प्रदर्शन गरेका छन्, यो एउटा एतिहासिक जनलहर थियो । मुख्यतया नेवा समुदायका मान्छेहरुको बिशेष सहभागिता भएको यस गुठी बिधेयकको बिरोध सभा भनिएता पनि हरेक समुह र समुदायका मान्छेहरुको यस बिरोध सभामा बिशेष उपस्थिती थियो । प्रहरी दमन बिरुद्ध रचनात्मक प्रतिकारका रुपमा प्रहरीहरुलाई फुल उपहार दिइएको प्रसगंले पनि निकै चर्चा पाइरहेको छ ।
सरकारले ल्याउन खोजेको यस विधेयकको बारेमा आफ्नो पनि असहमती भएको भनी सरकारका सर्वोच्च पदमा आसिन प्रधनमन्त्री स्यवमले अभिव्यक्ति दिएपछि गुठि बिधेयक झनै बिवादित बनेको छ । प्रदर्शनकारीहरुले बिभिन्न नारा र मन्त्रोच्चारण समेत गरेका थिए । सरकारको संस्कारप्रतिको यो हस्तक्षेपलाई बिरोध गर्न उत्रेका जनसागर सधैंजसो देखिने नजारा थिएन । फरफराइरहेको नेपाली झण्डा मुनी हजारौंको जनसागर र संस्कारप्रेमी नाराहरु अत्यन्त हेर्न लायक र देख्न लायक नजारा थियो ।
प्रेस काउन्सीलको पनि यस विरोधमा बिशेष साथ र सहयोग थियो । गुठि बिधेयकको बिरोधमा उत्रिएका नेपाली जनसागर र संस्कृतिप्रेमले सरकारको गैरजिम्मेवार कदम र नेपालीहरुको संस्कृतिमोह दुबै झल्काएको पाइन्छ ।
अंग्रेजी मा पढ्नको लागि : Massive demonstration of Guthiyars in Kathmandu
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै