Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

सिमानामा नेपालीलाई दुःख नदिन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशन, आफै अनुगमनमा निस्कँदै !

५ असार २०७६, बिहीबार ११:३०


बिकास ठाकुर, लखनउ । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सिमानामा नेपालीहरुलाई कुनै पनि हालतमा दुःख नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

नेपाल फाउन्डेशनका संस्थापक विकास ठाकुर नेतृत्वमा यतिखेर भारत भ्रमणमा रहेको नेपाली पत्रकारहरुको टोलीसँग कुरा गर्दै मुख्यमन्त्री योगीले चाँडै नै आफुले सिमाक्षेत्रको अनुगमन गर्ने र नेपालीहरुलाई सहज रुपमा भारत आवागमन गर्ने वातावरण बनाउने जानकारी दिए ।

दुई देश र नागरिकबीचको सम्बन्धमा विशेष जोड दिँदै आदित्यनाथले नेपालीहरु स्वाभिमानी र सज्जन भएको एवं नेपाली र भारतीय नागरिकबीचको सम्बन्ध स्वार्थनिहित नभई परापूर्वकालदेखि नै दिगो रहेको उल्लेख गरे ।

साथै , दुवै देश र जनताबीच विश्वासको सम्बन्ध रहेकाले यसमा दरार आउन नदिन दुवै देशका नागरिक सजग हुनुपर्ने आदित्यनाथनाथले बताए । केही शक्तिले नेपाल–भारत खुला सिमाको फाईदा उठाउन खोजेको उल्लेख गर्दै योगीले त्यसतर्फ सजग हुनुपर्ने पनि उल्लेख गरे ।

उत्तर प्रदेशको राजधानी लखनउमा भएको सो भेटमा आदित्यनाथले नेपाल–भारत सम्बन्ध धार्मिक दृष्ट्रिकोणले पनि महत्वपूर्ण रहेको र नेपालले धार्मिक पर्यटन विकासमा जोड दिँदा दुवै देशलाई फाईदा पुग्ने बताए । साथै, नेपाल र भारतबीचको सम्बन्ध सदियौं पुरानो रहेकाले आफुहरुले नेपालको समृद्धि र नेपालीहरुको सुख चाहेको बताए ।

फाउन्डेशनका अध्यक्ष ठाकुर नेतृत्वको टोलीले आदित्यनाथलाई लखनउस्थित मुख्यमन्त्रीको निवासमा भेट गरेको थियो । आदित्यनाथसँगको भेटघाट सकारात्मक र फलदायी भएको ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग