Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को मनोनयन सार्वजनिक, क कसको भिडियो भयो छनौटः नाम सहित

५ असार २०७६, बिहीबार १७:००


‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को मनोनयन सार्वजनिक
काठमाडौँ ।

ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागार गर्ने प्रयास अनुरुप नेपालमै पहिलो पटक आयोजित ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेन्ज अवार्ड’ को मनोनयन सार्वजनिक गरिएको छ ।

वि विल राइज फाउन्डेसनले नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी गत जनवरी देखि सुरु गरेको यस अभियानमा देश भरका प्रचुर पर्यटकीय सम्भावना भएरपनि ओझेलमा परेका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुनसक्ने हाम्रा गाउँठाउँका प्राकृतिक, सांस्कृतिक सम्पदा, कला संस्कृति भेषभुषा, जातजातीको पहिचान, खानपान, कला लगायतका विषयवस्तुमा केन्द्रित रही भिडियो डकुमेन्ट्री निर्माणका लागि आह्वान गरिएको थियो ।

सातै प्रदेशबाट विभिन्न विधामा उत्साहजनक सहभागिताका साथ १ सय ३२ भिडियोहरु मध्येबाट निर्णायक मण्डलले विभिन्न ८ विधामा ४७ भिडियोको मनोनयन सार्वजनिक गरिएको हो । मनोनयनमा परेका भिडियो तथा ति भिडिय मार्फत सहभागी प्रतियोगीहरुको नाम हेर्नुहोस्:

पब्लिक च्वाइस अवार्ड :
१) छठ पुजा – कुमार भास्कर
२) डगुरा थारु – कुलदीप न्यौपाने
३) दैलेख – टीएनएल प्रोडक्सन
४) जर्नी टु सिंगला – जम्बुलिंग फिल्म्स
५) लिग लिग पहिलो पाइला – सुदिप गिरी
६) मानुङ – आर्यन कुँवर
७) राइनास – बिक्रम न्यौपाने
८) रामारोशन – सन्तोष उपाध्याय
९) रोलिंग मोनास्ट्री – रेशम राज रोकाया
१०) सन्दकपुर – सन्दकपुर नगरपालिका
११) सोलु दुधकुण्ड – सोलु दुधकुण्ड नगरपालिका
१२) थाक ठिमी – संजोग थकाली

बेस्ट स्क्रिप्ट राइटर
१) छैलुङ – सुजाता गुरुङ
२) मकै विवाह – भिमलाल श्रेष्ठ
३) मानुङ कोट – आर्यन कुँवर
४) सन्दकपुर इलाम – सन्दकपुर नगरपलिका
५) डगुरा थारु – कुलदीप न्यौपाने

बेस्ट टेक्निकल/ सिनेमेटोग्राफर
१) दैलेख – टिएनएल प्रोडक्सन
२) जर्नी टु सिंगला– जम्बलिङ फिल्म्स
३) मानुङ कोट – आर्यन कुँवर
४) राइनास – बिक्रम न्यौपाने
५) रेड च्यारीयट – दिनेश श्रेष्ठ

वुमन भिडियो मेकर अफ द इयर
१) बन्दीपुर – खुशी गुरुङ
२) छैलुङ – सुजाता गुरुङ
३) जर्नी टु घुम्ते – सपना रोक्का
४) महाशिला – वर्षा बर्मा
५) ट्युन अफ झाक्री – देवकी विष्ट

बेस्ट भिडियो अफ द इयर
१) जर्नी टु सिंगला – जम्ब्लिंग फिल्म्स
२) राइनास – बिक्रम न्यौपाने
३) रामारोशन – सन्तोष उपाध्याय
४) सोलु दुधकुण्ड – सोलु दुधकुण्ड नगरपालिका
५) थाक ठिमी – संजोग थकाली

अ फ्युचर स्टार
१) जर्नी टु घुम्ते – सपना रोक्का
२) जु जु धौ – सौगात बिष्ट
३) क्षितिमा माई – अशोक पाठक
४) मानुङ कोट – आर्यन कुँवर
५) तुवाचुङ – डोनाल्ड एचके

मोस्ट पोटेन्सियल डेस्टिनेसन
१) महाकुलुंग – गाँउले इन्टरटेनमेन्ट मिडिया
२) पन्चदेवल जुम्ला – एलपी देवकोटा
३) रानीमहल पाल्पा – माधव अर्याल
४) सन्दकपुर् इलाम – सन्दकपुर नगरपालिका
५) ताजमहल – प्रविन खड्का

मोस्ट इनर्जेटिक भिडियो मेकर
१) माई भिलेज केशवटार – फल थापा
२) रानीमहल पाल्पा – माधव अर्याल
३) सेतीदेवी, इलाम – विजय राई
४) थारु म्युजियम – विकास डिसी
५) उग्रतारा – एडभेन्चर वेस्ट होलिडे

पब्लिक च्वाइसमा मनोनयनमा परेका १२ भिडियोहरु केहिदिन भित्र सार्वजनिक गरि सबैलाई जानकारी गराइने अभियानका संयोजक निर्मल श्रेष्ठले जानकारी दिएका छन् ।

अवार्डको अन्तिम घोषणा आगामी अषाढ १६ गते (जुलाई १) मा काठमाडौँको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजना हुने छ ।

गत जनवरी १, २०१९ देखि मे ३१ सम्म चलेको यस ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेन्जका निर्णायकहरु अभिनेत्री एवं चलचित्र निर्माता करिश्मा मानन्धर, वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप उपाध्याय, वरिष्ठ फोटोग्राफर जगदिश तिवारी, निर्देशक सम्झना उप्रेती रौनियार र कलाकार एवं निर्देशक निर्मल शर्मालगायतले छनोट गरेका हुन् ।

‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेन्जबारे जारी अघिल्ला सामाग्रीहरु हेर्नुहोस्ः
१) बन्द कोठाका डिजिटल स्क्रिनमा ‘नेपाल’ देखेपछि यसरी छल्कियो करिष्मा मानन्धरको अनुभूती
२) सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति

वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न

काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ