
लियो जिल्ला परिषद ३२५ ए वान को बोर्ड स्कुलिङ सम्पन्न
७ असार २०७६, शनिबार १३:००
लियो जिल्ला परिषद ३२५ ए वान ले आफ्ना नब न्युक्त बोर्डका पदाधिकारीहरु का लागि २ दिने बोर्ड स्कुलिङ कार्यक्रम चितवन को कुरिनघाट मा सम्पन्न गरेको छ ।जम्मा ३४ जना सहभागी रहेको उक्त कार्यक्रम मा टिम बिल्डिङ ,फेलोसिप , बोर्ड सदस्यहरु को काम र दायित्व , नया कार्यकाल का प्लान तथा गर्ने कार्यहरु का बारे मा आफ्ना सदस्यहरु लाई सहजीकरण गरिएको थियो । जिल्ला परिषद का पुर्व अध्यक्ष मन्दिप महर्जन ले उपस्थित लाइ प्रशिक्षित गर्नु भएको थियो भने लियो मा लाग्दा का क्षण र त्यसबखत मा आइ परेका समस्या तथा त्यस लाइ समाधान गर्न का लागि आफू ले खेलेको भुमिका र अनुभव का बारेमा लियो जिल्ला परिषद का पुर्व उपाध्यक्ष लियो सन्तोष बुढाथोकी ले उत्प्रेरणात्मक भनाइ राख्नु भएको थियो । त्यसै गरि लियो जिल्ला परिषद ३२५ ए वान का पुर्व अध्यक्ष तथा लियो मल्टिपल ३२५ का निवर्तमान अध्यक्ष लियो चाद बाबू इराकी ले लियो मा लाग्दा का रमाइला पल , लियो को सर्बोच्च पद मा पुग्न का लागि गरेको प्रयत्न , प्रयत्न पश्चात मिलेको सफलता का बारे मा सहभागी लाई अत्यन्त सरल र प्रेरणात्म्क रुप मा जानकारी सहित सहजीकरण गर्नु भएको थियो । लियो मा म हैन हामि बनेर , ज्ञान सीप र क्षमता को अभिबृद्धी गर्दै अघि बढी समाज र राष्ट्र लाई नै योगदान दिने सफल नेता को रुप मा अघि बढी समाज लाइ लियो के हो भनी परिचय दिनु पर्ने आवश्यक्ता रहेको र यस बर्षको टिम यस मा सक्षम हुने कुरा मा आफू बिश्वस्त रहेको भनाइ ब्यक्त गर्नु भयो ।
जिल्ला परिषद अध्यक्ष लियो रन्जित भगत ले बर्ष भरी जिल्ला परिषद ले गर्ने कार्यका बारे मा आफ्ना सदस्यहरु लाई जानकारी दिनु भएको थियो । त्यसतै आगामी दिन मा कसरी अघि बढ्ने र बोर्डले के काम गर्छ भन्ने बारे मा अवगत गराउनु भएको थियो ।
त्यस्तै जिल्ला परिषद का बर्तमान सचिब सुभाष भण्डारी ले समग्र परिषद को बोर्ड एकदमै सक्षम रहेको र यसले गर्ने हरेक गतिबिधी ले यस बर्ष इतिहास बनाउने कुरा मा आफु बिश्वस्त रहेको र हरेक निष्क्रिय सदस्य र क्लब लाई सक्रिय बनाउने क्षमता यसपटक का अध्यक्ष मा रहेको र यस बर्ष जिल्ला परिषद परिषद ले नया इतिहास रच्ने बिश्वास ब्यक्त गर्नु भयो ।।।
।लियो जिल्ला परिषद ३२५ ए वान का बर्ष २०१९-२० का अध्यक्ष लियो रन्जित भगत को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम लियो जिल्ला परिषद का २०१९-२० का सचिब लियो मुकेश पौडेल ले सचालन गर्नु भएको थियो ।।।
स्मरण रहोस जिल्ला परिषद को कार्यकाल आगामी जुलाइ एक देखि सुरु भै एक बर्ष समयावधि रहने छ ।।।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा