अमेरिकी राष्ट्रपति ट्रम्पलाई यौन दुराचारको आरोप लगाउने महिला


एले फेशन म्यागजीनकी एड्भाइस स्तम्भ लेख्ने स्तम्भकार अमेरिकी राष्ट्रपति ट्रम्पले २ दशक अघि आफुलाई न्यूयोर्कको एउटा ड्रेसिंग रुममा यौन दुराचार गरेको आरोप लगाएकी छिन् । यता ट्रम्पले भनें ई जीन क्यारोल नामक यि स्तम्भकारलाई आफुले कहिल्यै नभेटेको बताएका छन् ।

सन् १९९५ या १९९६ मा ट्रम्प रियल स्टेटका ब्यापारी भएका समयमा आफु म्यागजीनमा लेखिका र टिभी प्रस्तोता भएकी र त्यहि समयमा यौन दुराचार भएको बताएकी छिन् । क्यारोलको भर्खरै आएको पुस्तकको समालोचनामा उनी स्वयमले यो कुरा लेखेकी र ट्रम्प राष्ट्रपतिय पदवाहली हुनु अगावै आएका यौनदुराचारको गुनासा मध्य क्यारोलको यो गुनासो १६ औं गुनासो भएको बताइन्छ ।

क्यारोल अहिले ७५ वर्षकी भइन । ट्रम्पलाई प्रथमपटक आफुले डिपार्टमेन्ट स्टोरमा भेटेकी क्यारोलले बताइन, आफु लुगा किन्ने तरखरमा रहँदा ट्रम्पले पनि कोही महिलालाई केहि कपडा उपहार दिनुछ भनी सहयोग माग्न आएका उन्को पुस्तकमा उल्लेख छ । ड्रेसिंग रुममा ट्रम्पले आफुलाई भित्तामा अड्याएर जबरजस्ती ओठमा चुम्बन गरेको उन्ले लेखेकी छिन् । उनका अनुसार ट्रम्पले उन्लाई बलात्कार प्रयास नै गरेका थिए , ड्रेसिंग रुमको ढोका बन्द भएको उन्को तर्क छ । यी कुराहरु पुस्तकका फिक्शनभन्दा बाहिर पुष्टि भनें हुन बाँकी छ । ट्रम्पले आफु यि महिलासंग कहिल्यै नभेटेको बताइसकेका छन् । क्यारोलले आफु डर अनि ट्रम्पका पहुँचका कारणले भयभित भएर कहिल्यै पनि प्रहरी समक्ष नगएकी बताएकी छिन् । के यो पब्लीशिटी स्टन्टमात्र हो या सत्यता, समयले बताउनेछ ।

लाइभमाण्डु


Loading comments...