
युवाहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
८ असार २०७६, आईतवार १०:५८
विराटनगर ।
युवाहरुको क्षमता अभिवृद्धि गर्न दुई दिने अभिमुखिकरण तालिम विराटनगरमा सम्पन्न भएको छ । सनिबार सम्पन्न तालिममा विराटनगर महानगरका १ सय युवाहरुको सहभागीता रहेको थियो ।
अभिमुखिकरणमा वडाको विकास निर्माणमा युवाहरुको सकृय सहभागिता, युवाहरुको सवाल, नीति निर्माणमा युवाहरुको भुमिका, समुदायमा युवा परिचालन र निर्णय प्रकृयामा युवाहरुको उपस्थिती जस्ता विषयहरुमा छलफल भएको थियो ।
कार्यक्रममा सहभागीहरुले युवामैत्री महानगर बनाउने विषयमा मेयर भिम पराजुलीसंग छलफल पनि गरेका छन् । कार्यक्रममा युवा अभियान्ताहरु अपार पौडेल, सविन दाहाल लगायतले सहजिकरण गरेका थिए ।
तालिमको विषयमा प्रकाश पार्दै आयोजक संस्था हामी युृवाकी अध्यक्ष जीना कार्कीले परिवर्तनका संवाहक युवाहरु भएकाले हरेक निर्णय प्रकृयामा युवाहरुको सहभागीता आवश्यक रहेको बताइन् । उनले यसै विषयमा युवाहरुलाई जानकारी दिन तालिमको आयोजना गरिएको जानकारी दिइन् ।
हामी युवाको आयोजनामा शुक्रबारबाट सुरु भएको तालिमलाई विराटनगर महानगरले सहयोग गरेको थियो । यसैबीच सोही कार्यक्रममा महानगर युवा परिषदको समेत गठन गरिएको छ । प्रत्येक वडाबाट छनौट भएर आएका र निर्वाचनबाट चुनिएका गरि ३० सदस्सिय परिषद गठन गरिएको हामी युवाका महासचिव अभिषेक भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,