
नेतृत्व बिकास र टिम बिल्डिङ तालिम सम्पन्न
८ असार २०७६, आईतवार २१:४७
बिराटनगर , रानी बिराटनगर मा लायन्स क्ल्ब अन्तरास्ट्रिय ३२५ ए वान अन्तर्गत रहेको बिराटनगर ग्लोबल लायन्स क्लब को युवा प्रोजेक्ट बिराटनगर ग्लोबल लियो क्लब का सदस्यहरु लाई नेतृत्व बिकास र टिम बिल्डिङ तालिम सम्पन्न भएको छ । लियो जिल्ला परिषद ३२५ ए वान का पुर्व अध्यक्ष तथा लियो मल्टिपल ३२५ का निवर्तमान अध्यक्ष लियो चाँद बाबू इराकीले तालिम प्रदान गर्नु भएको थियो । उक्त तालिम मा समुहमा कसरी प्रस्तुत हुने समाज मा कसरी आफ्ना काम लाई अघि बढाउने , नेतृत्व बिकास कसरी गर्ने भन्ने बारे मा जानकारी दिइएको थियो । तालिम मा सहभागीहरु ले उक्त तालिम बाट आफुहरु ले धेरै कुरा सिकेको र तालीम उपलब्धिमुलक रहेको बताए । ३० भन्दा बढी युवा सहभागी रहेको उक्त तालिम मा लियो क्लब चेयरमेन लायन मोहम्मद नाजिर लगायत का लायन्स तथा लियो हरु को सहभागिता रहेको थियो ।। तालिम प्रशिक्षक चाँद बाबू इराकीले आगामी दिन मा १००० भन्दा बढी युवाहरु लाई नेतृत्व बिकास र टिम बिल्डिङ तालिम दिने लक्ष्य रहेको र यो तालिम बाट नै आफ्नो युवा प्रशिक्षित गर्ने मिसन सुरु भएको लाइभमान्डु लाई जानकारी दिए ।।।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा