Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

बंगलादेशको सुन्दरवन जोखिममा

९ असार २०७६, सोमबार ०७:५७


विश्व सम्पदा संस्थाले बंगलादेशको सुन्दरवन क्षेत्रलाई उच्च जोखिममा रहेको सम्पदाका रुपमा घोषणा गरेको छ । बंगाली टाइगरहरुको लोपोन्मुख प्रजातिलाई संरक्षण गर्न सक्ने सुन्दरवन क्षेत्रको यो अवस्थाले भविष्यका पुस्ताले बंगाली टाइगर लगायत अन्य धेरै जनावर र समग्र बंगालको खाडी आसपासका देशहरुको आवहवामा नै कठिनाई नल्याउला भन्न सकिन्न ।

सरकारले सुन्दरवन क्षेत्रमा कोईलाका खानी सञ्चालन गर्न थालेपछि सुन्दरवन जोखिममा परेको हो । जुन महिनाको ३० देखि जुलाई महिनाको १० तारिखसम्म अजरबैजानमा विश्वका २१ देशका सरकारहरु सम्मेलित ईन्टरनेशनल यूनियन अफ कन्जरभेशन अफ नेचर कमिटीको भेला हुँदैछ, यसवर्षको मुख्य एजेण्डामा सुन्दरवनको मुद्धा पनि छ । १४००० हेक्टरमा फैलिएको सुन्दरवनको क्षेत्रले गंगा, ब्रह्मपुत्र र मेगना खोलाको प्रवाह अनि बंगालको खाडीको एक छेउ पनि समेटेको छ । भारतको सुन्दरवन क्षेत्र र बंगलादेशको सुन्दरवन क्षेत्र आसन्न छ । सन् २०१६ को अध्ययन मा नै बंगलादेश सरकारलाई रामपाल पावर प्लान्ट सुन्दरवन क्षेत्रबाट हटाउन सुझाव दिइएको थियो जुन अझै त्यहीँ छ । सुन्दरवन बाटै बग्ने पायरा खोलाको किनारमा काइला प्लान्ट पनि लगाइएको छ जुन अझै रोकिएको छैन ।

यस सुन्दरवन क्षेत्रमा बिभिन्न फरक फरक उधोग गरि लगभग १५० उधोगहरु सञ्चालनमा भएको सिएनएनको रिपोर्ट छ । अनि सरकारको तयारी यस क्षेत्रमा जलबिधुत प्लान्टको स्थापनामा पनि भएकाले निकट भविष्यमा सुन्दरवन वन नभई औधोगिक केन्द्र त हुने हैन ? विश्व समुदायको चासो छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,