Lifestyle Portal
  •   ४ चैत्र २०७९, शनिबार

हुरीले धामको त्रिपाल उडाउँदा रामकथा वाचन सुन्न बसेका १४ को मृत्यु

९ असार २०७६, सोमबार १४:३१

लोकप्रिय

भारतको राजस्थानस्थित बाडमेरमा अत्याधिक गतिका साथ आएको हावा-हुरीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ भने पचास भन्दा बढी श्रद्धालुहरु घाईते भएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार, उक्त त्रिपालभित्र ३ सय जना भन्दा बढी श्रद्धालु भेला भएका थिए । सोही समय कार्यक्रम स्थलमा अड्याईएको त्रिपाल खसेको हो । घटनामा केही घाईतेको स्वास्थ स्थिति दयनीय छ ।

मृत्यु हुनेमध्ये केही व्यक्तिलाई कार्यक्रमका व्यवस्थापनका लागि राखिएको विजुलीका तारहरुबाट करेन्ट लिक भएर करेन्ट लागेको थियो भने केहीलाई भत्केको संरचनाले किचेको थियो ।राज्यका विपद् व्यवस्थापन तथा राहत मन्त्री भँवरलाल मेघवालले पानी परेको प्रतिकूल परिस्थितिमा आयोजकले विद्युत् आपूर्ति बन्द नगरेकोमा आश्चर्य प्रकट गरेका छन् ।दुर्भाग्यपूर्ण भन्दै शोकमा परेका परिवारप्रति सहानुभूति प्रकट गरेका छन्।

प्रहरीका अनुसार जसोल गाउँमा आइतवार रामकथा वाचन गर्न ठूलो पाल बनाइएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुःख व्यक्त गर्दै ट्वीट गर्नुभएको छः

त्यहाँ झन्डै तीन सय मानिस भेला भएका थिए। दिउँसो अचानक चलेको हावा-हुरी र बाक्लो वर्षाका कारण पालको एउटा भाग भत्कियो र भक्तजनमा हाहाकार मच्चियो ।

केही व्यक्तिलाई पालको सञ्रचनाले किच्यो भने केहीलाई नाङ्गो तारबाट करेन्ट लाग्यो । त्यतिबेला पालभित्र झन्डै ३ सय जना मानिस थिए ।

ति मध्ये १४ जनाको मृत्यु घटनास्थलमै भएको पुष्टि भएको छ भने घाइते भएकाहरूलाई अस्पताल लगिएको छ ।

राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले तत्कार राहत स्वरुव मृतकका परिवारलाई ५ लाख रुपैयाँ र घाइतेलाई दुई लाख रुपयाँ दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली