
अष्ट्रेलियन कोच लेंगरको नजरमा यि हुन् नयाँ धोनी
९ असार २०७६, सोमबार १५:३३
अष्ट्रेलियन क्रिकेट टोलीका मुख्य प्रशिक्षक जस्टिन लेंगर अनुसार बेलायतका विकेटकिपर तथा ब्याट्सम्यान जोस बटलर नै विश्व क्रिकेटको त्यो नाम हो जो नयाँ महेन्द्र सिंह धोनी हुन् । प्रशिक्षक लेंगर यही मङ्गलबार कट्टर प्रतिद्वन्द्वि बेलायतको सामनाका लागि आतूर छन् ।
ICC World Cup 2019: Justin Langer Compares Jos Buttler with MS Dhoni Australian chief coach Justin Langer has hailed England’s explosive batsman Jos Buttler by calling him new MS Dhoni in the… https://t.co/AHVyclI2tF pic.twitter.com/UMOXRrS1MD
— HAFEEZ PARDESI (@VOICE_2U) June 24, 2019
धोनी विगत लामो समयदेखि खेलको सकारात्मक समापनका लागि आफ्नो अविश्वनीय क्षमताका लागि विश्व क्रिकेटको ठूलो नाम हो । पूर्व भारतीय कफ्तान आफ्नो ब्याट तथा खेल कौशलबाट धेरै त्यस्ता कठिन खेलहरुमा भारतीय टोलीलाई जीतको स्वाद चखाई सकेका छन् । जसमा अधिकांश जीत भारतीय टोलीले अन्तिम् ओभरमा प्राप्त गरेको छ । यसैका लागि धोनी विश्व क्रिकेटको ईतिहासमा विश्वस्तरका सर्वश्रेष्ठ फिनिशरका लागि चिनिन्छन् ।
Our last ODI at Old Trafford…
A @josbuttler masterclass ?#ExpressYourself #WeAreEngland pic.twitter.com/NUFTbjlwOI— England Cricket (@englandcricket) June 17, 2019
अष्ट्रेलीयाली क्रिकेट कोच लेंगरले बेलायती क्रिकेट टोली र २८ वर्षिय विकेटकिपर ब्याट्सम्यान बटलरको खुलेर प्रशंसा गरे तर संगै उनलाई यो पनि आशा छ की मंगलबार हाम्रा बलिङबाट बटलर शून्यमा आउट हुनेछन् ।
लेंगर भन्छन्, ‘बटलर एउटा गज्जबका खेलाडी हुन् । उनले ब्याटिङ गरिरहेको हेर्न मलाई अत्यन्त राम्रो लाग्छ । उनी विश्व क्रिकेटको नयाँ धोनी हुन् । मलाई आशा छ की मङ्गलबार हामी बिरुद्ध उनले खाता खोल्न सक्नेछैनन । मैले उनलाई समरसेटमा देखेको हो, उनी अविश्वसनीय एथलीट तथा फिनिशर हुन् ।’
Jos Buttler with his family! pic.twitter.com/J7z1MffF8K
— crictoday (@crictoday) June 16, 2019
लेंगरका अनुसार, बेलायत विश्व क्रिकेटको एकदिवशीय क्रममा शीर्ष स्थानमा छ र हालै श्रीलंकाविरुद्धको खेलमा बेहोरेको पराजयले उसलाई खासै प्रभावित नगर्ला । बेलायत विश्वकै सबैभन्दा बलियो टोली हो ।
स्मरणीय रहोस् बटलर शाहिद आफ्रिदी पछि अर्का दूर्लभ क्रिकेटर हुन जसले ५० अथवा त्यो भन्दा कम बलमैं एकदिवशीय क्रिकेटमा शतक बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा