Lifestyle Portal
  •   १४ चैत्र २०७९, मंगलवार

नेपालको पहिलो कार्वन न्यूट्रल एयरलाइन्स

१० असार २०७६, मंगलवार ०८:२६


संभवत दक्षिण एसियाकै प्रथम कार्वन न्यूट्रल एयरलाइन्सका रुपमा यती एयरलाइन्सले दाबी गरेको छ । सन् २०१८ मा ग्रिनहाउस ग्याँस एमीसनको मात्रालाई हेरेर यती एयरलाइन्सले आफ्नो दावी गरेको बताइन्छ ।

संयुक्त राष्ट्रसंघको ग्रिनीगं द ब्लु अप्रोच टु क्लाइमेट न्यूट्रारिलीटी मापदण्ड अनुरुप यती एयरलाइन्स कार्वन न्युट्रल मापदण्ड भित्र परेको हो । तठस्त कार्वन एमीशन जाँचमा यती एयरलाइन्स मापदण्डभन्दा कम पाइएको छ । सन् २०१८ मा यस एयरलाइन्सले १९,६६५ टन बरावरको कार्वनडाइअक्साइड आफ्नो उडान, गाडी र अन्य कार्यगत कुराहरुबाट उत्पादन गरेको बताइन्छ । यो मात्रा लगभग ३२५,१६५ रुखहरुले १० वर्ष लगाएर गर्ने कार्वन निक्षेप बरावरको मात्रा हो । एयरलाइन्सले सन् २०१८ मा अन्य वर्षको तुलनामा २० प्रतिशतले कम कार्वन एमीशन गरेको देखिन्छ । यस एयरलाइन्सले सगरमाथा सरसफाई परियोजना लगायत सुदुर पश्चिम खानेपानी परियोजना र बृक्षारोपण परियोजनाहरु पनि गरेको छ । जलवायू परिवर्तनको पेरिस संझौता बमोजिम अन्य सम्पूर्ण एयरलाइन्सलाई पनि कार्वन एमीशन प्रति संवेदनशील हुन आव्हान पनि गरिएको पाइन्छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा