
के एक्ला महिलाहरु खुशी हुन्छन् ?
१० असार २०७६, मंगलवार १७:००
के सबै एक्ला , अविवाहित र बालबच्चा नभएका महिलाहरु खुशी छन् ?
सामाजिक सञ्जालमा अहिले यो विषय निकै चर्चामा रहेको छ, लण्डन स्कुल अफ ईकोनोमिक्सका बिहेवअरल साइन्सका प्राध्यापक पउल डोलानले ह्याप्पी एभर आफ्टर नामक पुस्तक लेखेपछि एकल महिलाहरु झनै खुशी छन् या छैनन् भन्ने तर्क उठ्न थालेको हो । यस पुस्तक सर्भेक्षणको आधारमा तयार भएको हो । दोलानका अनुसार पुरुषहरुले बिवाहपश्चात कम जोखिम पाउने र महिलाको हकमा झनै जोखिम र अभिभारा बताउने लेखेको पाइन्छ । बिवाहलाई यस पुस्तकले अभिभारा र जोखिमको कडिमा राख्दै अप्रत्यक्ष रुपमा बिवाह बिरोधी कुराहरु गरेको पनि भान हुन्छ भनी सामाजिक सञ्जालमा पुस्तकका समालोचकहरुले बताएका छन् ।
दोलानले महिलाहरु बिवाह गरेर पुरुषको जाने चलन र सामाजिक परिवेशलाई प्रश्न गरेको बताएका छन् । अहिले अमेरिकामा पनि गएका दशकहरुमा प्रति हजार महिलामा केवल ६० दशमलव १ जनाले मात्र बच्चा पाउने निर्णय गरेको पाइन्छ, यो अत्यन्त न्यून हो । यो कुरा फेरि एसियाली महिलाहरुको हकमा फरक छ, पश्चिमा महिलाहरु एकल जिवनमा जति खुशी छन् एसियाली परिवेशमा त्यस्तो हुँदैन । तथापि सामाजिक परिवेश, आर्थिक असमानता, जातिय विभेद, पारिवारिक अपेक्षा लगायत कुराहरुले एसियाली महिलाहरुको एकल रहन चाहनालाई थप उर्जा दिइरहेको उक्त पुस्तकले देखाउन खोजेको छ ।
यौनिक्ता बाहिर, यौनसम्बन्ध बाहिर, बच्चा र श्रीमान विहिन आफ्नै छाँयालाई जित्दै अघि बढ्नका लागि महिलाहरु एकल रहनुपर्ने र एक्ला महिलाहरु अरुभन्दा खुशी हुने बताइएतापनि विश्वभरिको परिवेश र मानविय प्रजजनको रुपमा यी कुराहरु कतिको सान्र्दभिक छन् त ? बिचारयोग्य कुरा भनें हो ।
के खुशी हुनु विषयगत कुरा हो या अरु केहि ?
रेष्टुरेन्टमा सजिएर बसेका एकजोडी मा महिला कुर्ता सलवार लगाएर राम्री भएर बसेकि थिइन अनि छेउमा उन्का श्रीमान बसेका छन् । महँगा खाना टेबलमा त छन् तर उदास ति महिलाले केहि खान मन गरेकी छैनन् र पुरुष पनि आफ्नी श्रीमतीलाई एकफेर पनि नहेरि बियर र चुरोट तानिरहेका छन् । हेर्दा सम्पन्न यी जोडी खुशी छैनन् तर सबैको नियती यस्तो नै हुन्छ र ?
बिहान बेलुका ज्यालादारी गरि खाने एकजोडी साँझमा एक किलो चामल र एक पाउ मासु लिएर झुप्रोमा फर्कन्छन् तथापि सित जोडी मस्त ले हाँसीखुशी बाँचेका छन् । खुशी या बेखुशी बिवाह या आर्थिक सम्पन्नताको प्रतिक नभई आफुभित्रको चाह र उत्प्रेरणा हो । यो कुरा सबैले बुझन जरुरी छ ।
सबैजना बिवाहित बेखुशी छैनन् र सबै अबिवाहित र एकल महिलाहरु खुशी छैनन । बिवाह गर्न नचाहनु व्यक्तिगत कुरा हो तर खुशी हुनकै लागि एक्लै बस्न चाहनु भनें बेवकुफी नै हो ।
सुयोग ढकाल
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ । २०७९ असार ७ गते
भारतका माननीय रेल मन्त्री र माननीय पर्यटन मन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई भारत र नेपाल जोड्ने
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा. विनय सहस्रबुद्धेले यही मिति २०७९ जेठ ३१ देखि असार २ गते सम्म काठमाडौं भ्रमणका
भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको श्रीफौद सिंह जनता मावि, लालबन्दी नगरपालिका–१७, रानीगञ्ज, सर्लाही जिल्लाको दुईतले भवनको उद्घाटन सम्पन्न भएको