Lifestyle Portal
  •   ३ चैत्र २०७९, शुक्रबार

भारतीय बोर्डर सिटी सेल्स मिशन २०१९ सम्पन्न

१० असार २०७६, मंगलवार ११:५०


नेपाल पर्यटन बोर्ड
प्रेस विज्ञप्ती
२०७६ असार ०९

नेपाल पर्यटन बोर्डद्वारा आयोजित बोर्डर सिटी सेल्स मिशन २०१९ लखनऊमा जुन १७, वाराणशीमा जुन १९ र पटनामा जुन २१मा सम्पन्न भएको छ । २१ नेपाली ट्राभल कम्पनीहरुको सहभागिता रहेको यस सेल्स मिशन होटल संघ चित्तवन र सिद्धार्थनगरसँगको संयोजनमा भएको थियो ।

सेल्स मिसनको उद्धेश्य नेपाली व्यवसायीहरुको भारतीय समकक्षी टुर अपरेटरहरु र ट्राभल एजेण्टससँग सम्बन्ध विस्तार र ब्यवसाय बृद्धि गरी नेपालमा बढी भन्दा बढी पर्यटक भित्र्याउने रहेको छ । सहभागीहरुलाई नेपाल भ्रमण वर्ष २०२० र चलिरहेको लुम्बिनी भ्रमण वर्ष २०१८/०१९ को बारेमा जानकारी दिइयो । बोर्डर शहरहरुबाट नेपालसँगको सम्पर्क सहझ हुन भएकाले बोर्डले यी शहरहरुमा सेल्स मिसनको कार्यक्रम आयोजना गरेको हो । तीन शहरमा २०० भारतीय समकक्षी अपरेटरहरुसँग नेपाली ब्यवसायीहरुले भेट्ने अवसर प्राप्त गरेका थिए ।

स्थानिय सञ्चार माध्यमका पत्रकारहरुको पनि कार्यक्रममा उल्लेखनिय उपस्थिति रहेको थियो । हाल बुद्ध एअरले बनारस र कोलकत्तासम्मको काठमाण्डौंबाट सिधा उडान गरिरहेको सन्धर्वमा यस्ता ब्यापार बिस्तार र प्रबद्र्धन गर्ने कार्यक्रमहरुले विशेष महत्व राख्ने गर्दछ ।
नेपाल पर्यटन बोर्डबाट उक्त अवसरहरुमा बिमल कडेँल, प्रबन्धक, जानकी उपाध्याय, अधिकृत र सिर्जना श्रेष्ठ, अधिकृतको प्रतिनिधित्व तथा संयोजन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा