
चुरीफुरी डटकमको पहिलो भाग सार्वजनिक
१० असार २०७६, मंगलवार १६:१९
चर्चित कलाकार, निर्देशक तथा निर्माता निर्मल शर्मा र कमलकान्त मैनाली निर्देशित तथा रमेश एमके पौडेलको निर्माणमा रमाईलो वेब सिरिज “चुरीफुरी डटकम” को आजबाट विधिवत सुरुवात भएको छ । पहिलो श्रृंखला Bodhi HD का विभिन्न डिजिटल माध्यमहरु Android App, iOS App, Bodhi HD को YouTube च्यानल तथा https://bodhihd.com मार्फत् एकसाथ सार्वजनिक भएको छ । निर्देशक निर्मल शर्माले लाईभमाण्डूसंगको कुराकानी गर्दै भन्नुभयो, ‘यो नितान्त समसामयीक विषयवस्तुमा तयार पारीएको क्लिन कमेडी जनराको वेब सिरिज हो । चुरीफुरीले युवादेखि बुढापाकासम्मको कुरा समेट्छ र जुनसुकै उमेरसमूहका नेपाली दाजूभाई, दिदीबहिनी, आमा-बुवाहरुलाई मन पर्नेछ ।’
गजीत बिस्ट, रजनी केसी, केशब भट्टराई, कमलकान्त मैनाली, शिवहरी आचार्य, प्रमोद पौडेल, निर्मल शर्मा, मुकुन्द मैनाली, कबी ज्यू, रबी शर्मा घाटो, सुनीता श्रेष्ठ, स्वनीका बास्तोला, रितु, अस्मीता खनाल, रामेश्वर केसी, सुभाष गजुरेलको अभिनय रहेको यो वेब सिरिज “चुरीफुरी डट कम” साप्ताहिक रुपमा Bodhi HD को मेडिया प्लाटफर्मबाट हेर्न सकिन्छ।
शान्तीप्रीयको शब्दमा लोकप्रिय बरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटाको सङ्गीत र आवाजलाई सुदीप सागरले अरेञ्ज गरेका छन् । सङ्गीतकार शम्भुजीत बास्कोटालाई पनि ट्रेलरमा हेर्न सकिन्छ । यस्तै राजु केसीको छायाङ्कन तथा बिजी बीका गौतम राज खड्काले यसको सम्पादन गरेका हुन ।
“Bodh HD”ले नयाँ पुस्ता तथा हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो सामाग्रीहरु पस्किने लक्ष्य स्वरुप नयाँ पुराना नेपाली चलचित्रहरु, गीतसङ्गीतहरु तथा नेपालकै प्रथम Sci-Fi कथा समेटिएको SMS IN TIME तथा Nepgasm को Stand-UP कमेडी पनि प्रशारण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,