Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

जुरिच, पेरिस र ब्रसेल्समा नेपाल सेल्स मिशन यूरोप २०१९ सफलतापूर्वक सम्पन्न

११ असार २०७६, बुधबार १३:५५


नेपाल पर्यटन बोर्ड
प्रेस बिज्ञप्ती
जुन २२, २०१९

नेपाल पर्यटन बोर्डको आयोजना तथा नीजि क्षेत्र ब्यवसायीहरुको सहभागितामा यूरोपको प्रमुख पर्यटन बजारहरु जुरिच, पेरिस र ब्रसेल्समा जुन १७ मा सुरु भई जुन २१, २०१९ मा सम्पन्न भएको छ । उक्त कार्यक्रमहरुमा संयुक्त राष्ट्र संघका लागि नेपाली नियोगका महामहिम राजदूत मणिप्रसाद भट्टराई, फ्रान्सका लागि महामहिम राजदूत दीपक अधिकारी र बेल्जियम, नेदरल्याण्डस र लक्जेम्बर्ग (बेनेलक्स)का लागि महामहिम राजदूत लोकबहादुर थापाले उपस्थित अन्तराष्ट्रिय ट्राभल एजेण्टस र टूर अपरेटरहरुलाई स्वागत सम्वोधन गर्नुभएको थियो ।सेल्स मिसनको उद्धेश्य नेपाली व्यवसायीहरुले युरोपयन समकक्षी टुर अपरेटरहरुसँग सम्बन्ध विस्तार र ब्यवसाय बृद्धि गरी नेपालमा बढी भन्दा बढी पर्यटक भित्र्याउने रहेको छ ।

नेपाल पर्यटन बोर्डले उक्त अवसरमा नेपाल हिमालहरुको मात्र देश नभएको, यहाँको प्राकृतिक, सांस्कृतिक आकर्षणहरुले पर्यटकलाई अवस्मरणीय अनुभव प्रदान गर्ने भावको प्रस्तूतिकरण गरेको थियो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी फ्रेन्च भाषी बाहुल्यता भएको शहरहरुमा यो सेल्स मिसनको आयोजना गरिएको हो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले उक्त सेल्स मिशनमा गन्तब्य प्रस्तुतीकरण दिनुभएको थियो जसमा नेपालका विभिन्न पर्यटकिय आकर्षणहरु र पर्यटन प्रबद्र्धनमा नेपालले थालेको अभियानहरुसमाबेस गरिएका थिए। सहभागीहरु पोखरामा रहेको ह्वीचेयर प्रयोगकर्ताका लागि बनेको पदयात्रा मार्गका बारे जान्न उत्सुक देखिन्थे । बोर्डबाट व.निर्देशक थापा र नविन पोखरेल, प्रबन्धकले प्रतिनिधित्व गर्नुभएको थियो ।
२०१८ मा अन्तराष्ट्रिय पर्यटन आगमन २४.७७ प्रतिशतले बढेर दश लाखको संख्या हाशिल भएको थियो र बेनेलक्स क्षेत्रमा ३१ प्रतिशतको बृद्धि भएको थियो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै