Lifestyle Portal
  •   १४ चैत्र २०७९, मंगलवार

रेन्बो युथ क्याम्प सम्पन्न

१३ असार २०७६, शुक्रबार ०८:१८


लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ए वान अन्तर्गत ,लियो जिल्ला परिषद् ३२५ए वान ले आफ्नोे बार्षिक गतिविधि अन्तर्गत हरेक वर्ष गर्दै आएको युथ क्याम्प,यस वर्ष पनि मोरङ जिल्लाको केराबारी गाउँपालिकामा रहेको अत्यन्त रमणीय तथा पर्यटकीय स्थल जेफालेमा अायोजना गरेको छ। “The Rainbow Youth camp” नाम दिइएको उक्त क्याम्प नेपाल सरकारको Visit Nepal 2020 योजनालाई आत्मसात गर्दै जेफालेको संस्कृतिक सम्पदालाई प्रवर्द्धन गर्ने साथै यस क्षेत्रको समून्नतीका निमित्त टेवा पुर्याउने उद्देश्यले यहि आसाढ ६,७ र ८ गते करिब १०० जना युवाहरुको संलग्नतामा अायोजना भएको थियो। उक्त तीन दिनमा विभिन्न युवा गतिविधिका साथै विभिन्न समाज सेवाका कार्यहरू आयोजना गरिएको ” The Rainbow Youth camp – 2019″ का सचिब लियो मनोज तिवारीले जानकारी दिए। ‘Expert Education and Visa service’ ले मुख्य प्रायोजन गरेको उक्त कार्यक्रममा विराटनगर महानगरपालिकाले विशेष सहयोग , Golden Hospital ,BVS +2 H.M Schoolले सह-प्रायोजन, ज्योति लाइफ इन्स्योरेन्स ,अर्किड +2, गोल्छा गुप्र, ए वान यातायात,जानकि पोलि ट्यान्क ,होटल ईस्टर्न स्टार लगायतका अन्य संस्थाहरु र विभिन्न व्यक्तिहरुको सहयोग रहेको थियो। जिल्ला परिषद अध्यक्ष लियो रन्जन कुमार शाही ले सो कार्यक्रम ले युवा हरु लाई एक आपस मा परिचित गराइ उनिहरुको ब्यक्तित्व तथा नेतृत्व बिकास गराउन सफल रहेको र देश का विभिन्न भुगोल क बारे मा युवा हरु लाई जानकारी गराइ समाज मा घुलमिल गराउन र समाज तथा देश प्रती युवा हरुलाई उत्तरदायी बनाउन कार्यक्रम सफल रहेको जानकारी लाइभमाण्डु लाइ दिनु भयो ।उक्त कार्यक्रमलाई लियो सिदार्थ शाह बिमर्शले संयोजन गर्नु भएको थियो।

 

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै