
मनमा भएका राम र रावण
१४ असार २०७६, शनिबार ०६:३०
रावणका मामाको नाम माल्यावन हो, उन्ले अर्थात माल्यावनले रावणलाई लंकाको बिग्रदो स्वरुप देखेर आफ्नो ईन्द्रियको वशमा नबस्न सल्लाह दिएका हुन्छन् । रावणको अन्त्यको कारण राम या लक्ष्मण या बिभिषणसम्म लाई दिएको पाइन्छ यद्धपि रावणको आफ्नै आचरण र बिवेकशून्य क्रियाकलापहरु नै बिशेषत उस्को अन्तको कारण भएको देखिन्छ । रावणका क्रियाकलापहरु केहि झुक्ने या लचिलो हुने भन्दा पनि बरु टुक्राउने र संहार गर्ने तर्फ बढि केन्द्रित देखिन्छ । हुन त हरेक मानव भित्र काम, क्रोध, लोभ, मोह लगायतका भावनासंगको लडाँई चलिरहेको पाइन्छ, यसअर्थमा हरेकको मनमनमा रावण बिराजमान छन् । अर्कोतर्फ सत्यता अनि धर्मको पक्षले मनभित्रै बाट आवाज पनि निकालिरहेको हुन्छ र यसअर्थमा सबैको मनमा राम तत्व पनि बिराजमान हुन्छन् ।
हरेक जिवात्मालाई मष्तिष्क र मनको पवित्रताको प्राप्ती शदिँयौंदेखि एउटा चुनौति भएको छ यद्धपि धर्म प्राप्तीके मार्गमा सर्वप्रथम कडि नै मनको पवित्रता हो । रावण यहि कुरामा मात खाएका देखिन्छन् । ज्ञानी, कलाशील, कार्यशील, बैज्ञानिक अनि शिवभक्त रावणको अन्त मनको अशुद्धताले गर्दा नै भएको देखिन्छ । आचरण, ब्यबहार अनि मनको पवित्रता को महत्व निसन्देश धेरै छ । मनलाई प्रदुशीत बनाउने भावहरुलाई पन्छाँउदै मनका हरेक अन्तरकुन्तरमा हरिको वास गराउन सक्नु नै साँचो पवित्रता भएको देखिन्छ ।
मनले सोच लाई ब्यग्रताका साथ सुकेको पात झैं हावामा उडाउछँ जुन कहिले कामवासना कहिले क्रोध त कहिले लालच जस्ता थुप्रै भावहरुको संघारसम्म पुग्दछ । यी भावहरु आँफैंमा नराम्रा हैनन र यस्ता भाव उत्पन्न हुनु जिवात्माका लागि सामान्य हुनसक्छ तर यस्का बावजुद कसरी अघि बढ्ने र पवित्रता कायम राख्दै मनमा माया र पवित्रता कायम गर्नु नै आजको आवश्यक्ता हो ।
सुयोग ढकाल
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै