
मेरी बास्सै बाहिरकी निरु खड्का
१४ असार २०७६, शनिबार १४:५५
नेपाली समाज अचम्मको लाग्छ कहिलेकाँही जबजब हाँस्यव्यग्य र पर्दाका चरित्रहरुको कुरा आउँदछ । मह जोडीको वनपालेको साधुराम सुकुम्वासीको चरित्र देखि राते काँईलाको चरित्र, हरिवहादुर मदनवहादुर देखि धुर्मुस र सुन्तलीसम्म, हामी कलाकारलाई पर्दाको चरित्रबाट धेरै चिन्दछौं । यो राम्रो कुरा हो किनभनें कलाकारको पहिचान चरित्रको अभिनयमा पनि हुन्छ तथापि कहिलेकाँही कलाकारको पहिचान चरित्रभन्दा बाहिर निस्कन नसक्दा अलिक ओझेलमा परेको त हैन भन्ने भान हुन्छ ।
यस्तै एकजना कलाकारसंग मेरो भेट भयो, निरु खड्का । दशकौदेखि हाँस्य श्रृंखला मेरी बास्सैमा ठ्याँसकुमारीको चरित्रमा अभिनयरत निरु खड्कालाई उनको नामले कम तर चरित्रको अभिनयले धेरै चिन्दछन् । जम्काभेटमा कुराकानी गर्दा मैले पनि केहि प्रश्न सोधे उनको व्यक्तिगत बिचार र अनुभवहरुमा केन्द्रित भएर केही बेर कुराकानी भयो, हरेक हप्ता पर्दामा दर्शकलाई हँसाउन आउने निरुलाई यतिका वर्षको अभिनय र अनुभवपछि मानव जीवनमा हाँसोको मूल्य के हो त भन्ने प्रश्न राखें ।
एउटा कलाकारको दायित्व अझ भनौं हास्य कलाकारको दायित्व र अहिले बढ्दै गएका सस्ता र अश्लिल कमेडिमा उनको बिचार पनि सोधें । निरु पर्दाभन्दा बाहिर अरु धेरै कुरा रहिछिन जुन मैले यस भिडियो मार्फत् देखाउन चाहेको छु। एउटी श्रिमती, आमा, बिधार्थी अनि कुशल तालिमप्रदायक पनि रहेकी निरुसंगको कुराकानी हेर्नुहोस् ।
प्रस्तुतिः सुयोग ढकाल
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं- टुलिका कलाले क्युरेट गरेको कला प्रदर्शनी ‘खोलो २ (५)’ १७ गते मंगलबारबाट सुरु हुने भएको छ। ‘खोलो २ (५):
पृष्ठभूमि सन् २०१५ सेप्टेम्बर २५ मा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागी विश्वका १९३ राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखले सन् २०३०
काठमाडौं। लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक ” तैं चुप, मैं चुप”
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन । बिहानबाट मेरो बाबा स्वर्गीय कामता प्र. उपाध्यायलाई साम्झिरहेको छु । मेरो कला