Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

भारतमा महिला आत्महत्या दर ३७ प्रतिशत किन ?

१६ असार २०७६, सोमबार १०:०७


मुम्कईकी नायना सब्रवालले आफु १३ वर्षकी हुँदा आमा गुमाइन किनकि उनकी आमाले आत्महत्या गरिन । मदिरा अत्याधिक सेवन गर्ने नायनाकि आमाले सबैजना सुतेको समयमा पासो लगाइन, अहिले छोरी नायना वयस्क भइसकिन् । शायद हामीले आमाको मानसिक रोगको पत्ता लगाएर उपचार गरेको भए यसो हुँदैन थियो कि ? अहिले छोरीलाई बिस्मात छ । उतिबेलापनि नायनाकी आमाले मलाई मेरो आफ्नो ज्यान लिने मन छ भनेंर छोरीलाई सुनाँउथिन्, नायनाले आँखा रसिलो पार्दै संझना गर्छिन ।

म आफु हुर्कने समयमा आफ्नी आमाको नै अभिभावक झैं भएकी थिए । आफ्ना आमाबुवा हरेक बालबालिकालाई पर्फेक्ट लाग्दछ तर म आफ्नी आमाको बिचार र भावनाले कहिलेकाँही त त्रसित नै हुन्थें । साँझमा आमाले धेरै मदिरा सेवन गरेर लडेर चोटपटक लाग्ला भन्ने भयले म साथै हुन्थें र आमा राती ओच्छ्यानमा सुतेपछि मात्र म आफ्नो बिधालयको गृहकार्य गर्दथें भनी नायनाले बताइन । हरेक दिन बिधालय जाँदा फर्केर आँउदा आमालाई देख्न पाइने हो या त्यस बिहान नै आमासंगको अन्तिम हो, नायनालाई त्रास हुने गर्दथ्यो ।
आमाको मृत्युपछिको वर्षहरुमा नायना स्वयमले पनि दुई पटक आत्महत्याको प्रयास गरिन् । तर क्रमश हुर्कदैं गएपछि यस रोगको क्लीनीकल पाटोको समाधान साथै नायनाले धेरै कुराहरु थाहा पाँउदै गइन ।

सन् २०१८ मा नायनाले एकजना अर्की साथी भेटाइन जस्को पिताले पनि आत्महत्या गरेका थिए, यि दुबै साथी मिलेर मुम्बईमा वि हियर यू भन्ने समुह खाले । अहिले यस समुहमा २० जना सदस्य छन् जो हरेक महिनाको प्रथम मगंलबार भेटेर आफ्ना भावना र अनुभवहरु साट्ने अनि सल्लाह गर्ने गर्दछन् । यो आत्महत्यालाई रोक्नका लागि गरिएको सानो प्रयास हो, भावनात्मक समबन्ध र स्नेह अनि अनुभव साटासाट गर्दै एक्लोपना हटाउने यस क्लबका बारेमा अलजजिराले गरेको प्रकाशन आज नेपालीमा परिपेक्ष्यकरण गरिँदैछ ।

विश्वभरिका महिलाहरुको आत्महत्याको संख्यामा कूल संख्याको ३७ प्रतिशत भारतको मात्र रहेको छ । सन् २०१८ को ल्यानसेट पव्लीक हेल्थ रिपोर्टका अनुसार भारतको महिला आत्महत्या दर विश्वकै सर्वाधिक रहेको देखाँउदछ । सन् २०१६ मा भारतीयहरुको मृत्युको ९ औं ठूलो कारण आत्महत्या नै थियो, यसरी आत्महत्या गर्ने मान्छे या परिवारहरु अधिकांश तुलनात्मक रुपमा शिक्षित, रोजगार, बिवाहित र सहज जीवनशैली भएकैहरु पाइएको छ ।

मुम्बईमा आत्महत्या बिरुद्धको हटलाइन कल सेवा आस्राका निर्देशक जनशन थोमसका अनुसार मिडिया र प्रविधीले सबैजनाको सपना र ध्येय विश्वव्यापी भएतापनि समाज र परिवेशमा खासै परिवर्तन र रुपान्तरण हुन नसकेको अनि त्यस सपना र यर्थाथको खाडल आत्मसाथ गर्न नसकेर आत्महत्या जस्ता कुराहरुको प्रभाव बढेको बताँउदछन् ।

महिलाहरुको हकमा सामाजिक बन्धन र बिवाहपश्चातको परिधीकरण झनै धेरै हुने थोमसको अनुभव छ । यता एकल परिवारको संरचनाले मान्छे एक्लो त हुन्छ नै त्यसमाथी झनै एकल परिवारमा आर्थिक अभिभारामा महिलाहरुको भूमिका बाँढिदा या नबाँढिदा दुबै अवस्थामा महिलाहरु जोखिममा हरने थोमसको भनाई छ ।

सन् २०१७ सम्म आत्महत्या कोशिस गर्नेहरुलाई भारतमा ५ वर्षसम्म कारावासको प्रावधान थियो । सन् २०१७ पछि सुसाइडलाई डिक्रिमिनलाइज्ड गरिएको हो । भारतीय कानुनले पनि आत्महत्यालाई अब रोगका रुपमा लिँदै अपराध नभई डिसअिर्डरका रुपमा हेर्न थालेको छ । तथापि कानुनमा भएको यस परिवर्तनलाई सरकारी संरचनाहरुमा राम्रोसंग सञ्चार नगरिएको आरोप छ । यदि सरकारी संरचना, अस्पताल र प्रहरी चौकीहरुमा नयाँ कानुनको प्रभावकारी सञ्चार नगरिएको हो भनें पुरानै कानुनको प्रभावशीलता रहेको बुझिन्छ जुन बिल्कुलै गलत हुन्छ, भारतीय कानुनविदहरुको भनाई छ ।

भारतमा मुख्यतया कानुनी र सामाजिक संरचनाहरुले मानसिक स्वास्थ, वेदना र सहयोगका कुराहरुमा खुला छलफल र साझा थलोको श्रृजनागर्न जरुरी देखिन्छ । बढ्दो भर्चुअल विश्वमा मानविय स्पर्श र साथको कमीले झनै यस समस्यालाई बिकराल बनाएको त छैन ? अध्ययन गरिन जरुरी छ ।

सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि

एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै

नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही

काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै