Lifestyle Portal
  •   ७ माघ २०७८, शुक्रबार

भारतीय तरकारी र फलफूलमा नेपालको नाकाबन्दी

१६ असार २०७६, सोमबार १६:१९

सरकारले गरेको एउटा निर्णयले भारतमा हल्लीखल्ली मच्चिएको छ भने नेपालमा खुसीयाली छाएको छ । भारतबाट आयात हुने अधिकांश हरियो तरकारी र फलफूलमा जनस्वास्थ्यलाई गम्भीर असर गर्ने विषादीको अत्यधिक प्रयोग गरेको प्रमाणित भएपछि सरकारले तरकारी र फलफूल आयातमा कडाई गरेको हो ।

सरकारले भारतीय तरकारी तथाा फलफूलमा एक किसिमको नाकाबन्दी नै लगाएको छ । तरकारी तथाा फलफूल आयात हुने प्रमुख नाकाहरुमा भारतीय ट्रकको लामो लाइन छ । भारतबाट आयात नहुँदा उपत्यका लगायत देशका अधिकांश भागमा तरकारी र फलफूलको मूल्य बढे पनि आम उपभोक्ताले भने विषादीयुक्त वस्तु सेवन गर्न पाइरहेका छन् । भारतको कर्णाटक, मध्यप्रदेश, महाराष्ट्रका अलगअलग जिल्लाबाट नेपालमा तरकारी आयात हुन्छ ।

खुला सीमाका कारण तरकारी जाँचेर आयात गर्न नसकिँदा राजधानी काठमाडौंमा विषाक्त तरकारी भित्रिरहेको थियो । काठमाडौंमा दैनिक ६ सय ५० देखि ७ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको छ । यसमध्ये अधिकांश बन्दा, खुर्सानी, पर्वर, इस्कुस, प्याज, आलु भारतबाट ल्याइन्छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भु-भागहरुमा

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक

भारतीय राजदूतावास, काठमाडौंले मिति २०७८ पौष २६ गतेका दिन होटल र्‍याडिसनमा विश्व हिन्दी दिवसको आयोजना गर्यो । सन् १९७५ जनवरी