Lifestyle Portal
  •   १४ चैत्र २०७९, मंगलवार

पानीले भरियो मुम्बई, जुहू एयरपोर्ट चुर्लुम्म, रनवेमा माछा

१६ असार २०७६, सोमबार १७:३९


भारतको आर्थिक राजधानी मुम्बईमा भईरहेको निरन्तरको मूसलाधारे वर्षाका कारण चारै तिर पानी नै पानी भएको छ । रोडहरु, रेल्वे स्टेशन होस् या एयरपोर्ट होस् लगभग हरेक स्थानहरु पानीले भरीएका छन् ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाईरल भईरहेको छ जसमा जुहू एयरपोर्टमा यति पानी भरिएको छ की रनवेमा सिङ्गी जातको माछा तैरिरहेको देखिन्छ । एयरपोर्टको सम्पूर्ण क्षेत्र पानी नै पानीले भरिएको छ ।


त्यस्तै अर्कोतिर मुम्बईस्थित मरीन ड्राइवमा भने गर्मीका कारण प्याक-प्याक भएका स्थानीयहरु बर्षामा भिजेर रमाईलो गरिरहेका छन् । यहाँ वर्षाको कारण बढ्दै गरेको पानी सडकको सतहमा बढिरहेका छन् । यातायातका सवारीसाधन सञ्चालनमा समस्या देखिएको छ ।

मुम्बईको लाईफलाईनको रुपमा परिचित लोकल रेलहरु निरन्तरको वर्षाका कारण रेलवे ट्रयाकमा अत्याधिक पानी जेमेका कारण नियमित सेवा प्रभावित भएका छन् भने कैंयन ट्रेनले आफ्नो नियमित ट्रयाक परिवर्तन गरेका छन् । हार्बर लाईन, सेन्ट्रल लाईन तथा वेस्टर्न लाईनमा लोकल ट्रेनको तालिका बिग्रिएको छ र चलेका रेलहरुपनि सुस्त छन् ।

कैंयन क्षेत्रमा ब्यापक ट्राफिक जाम भएको छ । स्थिति यो छ की, मानिसहरु आफ्नो गाडिहरु छाडेर सुरक्षित स्थानतर्फत भागिरहेका देखिन्छन् ।

मुम्बईको हिंदमाता, सायन, अन्धेरी, कुर्ला, किङ्गस सर्कल क्षेत्र तथा चेम्बुरमा समेत ब्यापक वर्षा भएको छ । चेम्बूरमा बाढी जस्तो स्थिति छ । भारतिय मौसम बिभाग अनुसार मुम्बई बाहेक महाराष्ट्रका अझै कैयन स्थानमा मुसलधारे वर्षा हुनसक्छ र यसका लागि विभागले हाई टाईडको अलर्ट जारी गर्दै समुन्द्र किनारतर्फ नजान निर्देशन दिएको छ । अनुमान यो छ की हाई टाईडमा ४ मिटर भन्दा माथिको छालहरु समुन्द्रमा देखिनसक्छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

एजेन्सी सीउल, १९ पुस उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो शक्तिशाली सैन्य अधिकारी पाक जोङ चोनलाई पदमुक्त गरेको कोरियाली