Shrinkhala khatiwoda

मिस वल्र्ड २०१८ भोटिङ्ग चरणमा श्रृखला खतिवडा पहिलो स्थानमा


काठमाडौं, मंशिर ५ ।  मिस वल्र्ड २०१८ को फाइनल मंशिर २२ गते चिनमा हुदैछ । उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल २०१८, श्रुखंला खतिवडा अहिले निकै चर्चामा छिन ।

मिस वल्र्ड का विभिन्न चरण पश्चात रहेको भोटिङ्ग चरणमा श्रृखला खतिवडा पहिलो स्थानमा छिन । सामाजिक सञ्जाल “मोभस्टार” मार्फत भोट उनलाई गर्न सकिनेछ । उक्त एप मार्फत श्रंखलाको तस्बिर तथा भिडियोमा गरिएको प्रतिक्रियामा आधारमा भोट गणना हुनेछ । सामाजिक सञ्जालमार्फत आफुलाई भोट गर्न उनले आग्रह गरेकी छिन । अन्य देशमा सहभागीहरु सगँ नेपाली भाषामा बोलोको तथा गित गाँउदै गरेको उनको भिडियो सामाजिक सञ्जालमा निकै रुचाइएको छ । प्रतियोगिताको दौरानमा उनले सहभागी र उपस्थित सबैमाझ आफ्नो प्रभाव देखाउन सफल भइरहेकी छिन् ।

विभिन्न युटियुव च्यानलहरुले पनि श्रृखंला यस प्रतियोगिताको दाबेदारमा रहेको भिडियोहरु सार्वजनिक गरेका छन् । राजनैतिक पृष्ठभुमि, शिक्षा तथा  सामाजिक संघ संस्थामा रहेको उनको संलग्नताले उनी उत्कृष्टहरुको सुचिमा पर्ने निश्चित छ । यही कारण पछिल्लो समय उनको व्यवस्तता बढेको छ । श्रृखंलाको यात्रा व्यस्ततामा मात्र सीमित छैन, ‘मिस वल्र्ड’ बन्ने सम्भावनातर्फ समेत अघि बढिरहेको विश्लेषण र अड्कल सुरु भएको छ । २३ वर्षीया श्रृखंला खतिवडा मिस वल्र्डको ताज पहिरिन आतुर रहेकी छिन् ।

स्मरण रहोस  मिस वल्र्डको अघिल्लो संसकरणमा भोटिङ्ग चरणमा नेपालबाट धेरै भोट गरिएको थियो तर पछि जनसंख्याको दृष्टिकोणले धेरै ठुला देशहरु यो सुचिमा अघिल्ला् स्थानमा पुगेका थिए । त्यसकारण श्रृखंलालाई पहिलो नेपाली मिस बल्र्ड भएको देख्न चाहानु हुने सम्पुर्ण सर्मथकहरुले भोटिङ्ग कार्यलाई निरन्तरता दिन आवश्यक छ ।

 


Loading comments...