Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

ललितपुर नगरपालिकामा पर्यटन प्रर्वधनका लागि बिचारगोष्ठि

२० असार २०७६, शुक्रबार १८:२०


काठमाडौं उपत्यका ऐतिहासिक सम्पदा र सांस्कृतिक धरोहरहरुले भरिएको छ । ललितपुर नगरपालिकाले आज मिती २०७६ साल असार २० गतेका दिन पर्यटन प्रर्वधनमा बिभिन्न आयामहरुले छलफल गरेको छ । यस बिषयका ज्ञाता व्यक्तित्व, नगरपालिका पदाधिकारी, मिडिया, नागरीक समुह लगायत बिधार्थीहरुको पनि उक्त कार्यक्रममा उत्साहजनक उपस्थिती थियो । निसु प्रोडक्शन र ललितपुर नगरपालिकाको सहकार्यमा भएको उक्त बिचारगोष्ठिमा अध्यापक एवं तथ्याकंशास्त्री निर्मल बज्राचार्य, सांस्कृतिक शोधकर्ता एवं लेखक सुयोग ढकाल, बरिष्ठ फोटोग्राफर दिपेन्द्र बज्राचार्य, कलाकार सलिल सुवेदि लगायतको प्रस्तुति र बिचारबिमर्श रहेको थियो ।

यस कार्यक्रममा सोल्टीमोडको कलेज अफ सेन्ट्रल स्टेटका पर्यटन बिभागमा अध्यापक मिथलेश पोद्धारले पनि आफ्नो प्रस्तुति दिनुभयो ललितपुर नगरपालिकाकी उपमेयर गीता सत्यालसंग पनि उपस्थित हरुले नगरपालिका र पर्यटन बिकास बिषयमा प्रश्नोत्तर गरेका थिए । उक्त कार्यक्रममा काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटका पर्यटन संकायका बिधार्थीहरुले आफ्नो सक्रिय सहभागीता जनाए । आयोजकका अनुसार कार्यक्रममा उठेका सवाल र आवाजका आधारमा एउटा प्रतिवेदन बनाएर नगपालिकालाई प्रदान गरिने छ । नगरपालिकाकी उपमेयरले उक्त प्रतिवेदनलाई आगामी कार्यक्रममा समावेश गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग