
काठ्माण्डौ उपत्यकामा शक्तिशाली भूकम्पको धक्का
२१ असार २०७६, शनिबार १७:०७
शनिबार, २१ असार । काठ्माण्डौ उपत्यकामा अपरान्ह ४:१५ मा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । भक्तपुरको दुधपाटी केन्द्रविन्दु रहेको यो ताजा धक्का ४.६ म्याग्निच्यूडको थियो । काठमाण्डौ उपत्यकामा आज धेरै समयपछि यत्ति शक्तिशाली भूँईचालो महशुस गरिएको हो । यो नयाँ भूकम्प नभएर २०७२ वैशाख १२ मा गएर महाविनाशकारी भूकम्पकै अर्को पराकम्प हुनसक्छ ।
Earthquake 4.6 @ 4.15 pm bhaktapur. aftershocks.
-NSC— NEOC, MoHA Nepal (@NEOCOfficial) July 6, 2019
अमेरीकामा पनि निरन्तर भूकम्प
उता अमेरिकी भूगर्भसम्बन्धी निकाय USGS अनुसार शुक्रवार राति अमेरीकामा स्थानीय समय ८ः१५ मा आएको ताजा झट्का ७.१ म्याग्निच्युडको रहेको छ जसको केन्द्रविन्दु लस एन्जलस शहरभन्दा करिब अढाइ सय किलोमिटर उत्तरमा रहेको रिजक्रेस्ट नगर नजिक। संयुक्त राज्य अमेरीकामा समेत बिहिबारदेखि भूकम्पको झट्का आईरहेको छ । गत साता बिहिबार आएको भूकम्प ६.४ म्याग्निच्यूड मापन गरिएको थियो ।
त्यस्तै ईण्डोनेशियाको केपुलाउन बाटुमा समेत नेपाली समय अनुसार केही बेर अघि ४ः२६ मिनेटमा ४.३० म्याग्निच्यूडको भूँईचालो गएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको
चार दिने औपचारिक भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिको प्रमुख साझेदार भारत भएको बताउनुभएको छ