सिंगापुरका बिधालयमा अब परीक्षा हुन्न, नयाँ शिक्षण प्रणाली


शिक्षण बिधि र प्रणालीमा सिंगापुर अग्रणी देश मानिन्छ । भर्खरै सिंगापुरले आफ्नो स्कुले बालबालिकाहरुका लागि परीक्षा प्रणालीलाई खारेज गरिदिएको छ । कक्षा १ र २ मा सिंगापुरले बिधालयस्तरिय परीक्षा प्रणालीमा रोक लगाएको छ । बिधार्थीहरुमा अस्वस्थ प्रतिस्पर्धा र अनावश्यक तनावबाट मुक्ति दिँदै स्वस्थ शिक्षण प्रणालीको शुरुवात देशले गरेको भनिएको छ ।
सिंगापुरका शिक्षा मन्त्री ओगं ए कुगंले शिक्षालाई प्रतिस्पर्धा भन्दा माथी उठेर हेर्न जरुरी रहेको बताँउदै यो प्रावधान ल्याएको जनाएका छन् । अब सिंगापुरका बिधालय स्तरका पुस्तकहरुमा पनि सबै पाठ कण्ठ गर्ने, पूर्ण पढ्नपर्ने र मार्कीगं प्रणालीमा पनि पास फेलका कुरा उल्लेख नगरि एउटा सिंगो अकंभित्र थोरै मात्र तलमाथिमा बिधार्थीलाई आकलन गर्ने जनाइएको छ ।

लाइभमाण्डु


Loading comments...