अमेरिका ईरान युद्ध भएमा बिटकोइनलाई अरबौं फाइदा हुने


बजार र युद्धको समबन्ध पूँजिवादी अर्थतन्त्रमा निकै छ, विश्वका प्रचलित र सर्वाधिक ठूला कम्पनीहरुले वारलाई नियोजीत रुपमा नै प्रयोजन गर्दछन । यी तथ्यहरु हामीहरुलाई थाहै हुन्न जबकी कहिले आतंकवाद त कहिले प्रजातन्त्रका नाममा बिभिन्न ससाना अनि कमजोर देशहरुमा युद्ध गरिने चलन छ ।

ईरानी जनरल सोलीमानीको हत्या संगै केहि वर्ष देखि अन्य केहि मध्यपूर्वका देशहरुसंगको साँठगाँठमा ईरानलाई एक्लो बनाएर आक्रमण गर्ने योजनाले प्रारुप पाएको स्पष्ट नै छ ।

के तपाँईहरुलाई थाहा छ कि यस्ता युद्धहरुमा हतियार कम्पनी लगायत ओषधी कम्पनी लगायत बिमान र अन्य युद्धका बन्दोबस्ती मिलाउने कम्पनीलाई अरबौं फाइदा हुन्छ भन्ने ?

ईरानको यो एक्लोपना संगै विश्वबजारमा कच्चा तेल, सुन र अन्य केहि कच्चा पदार्थको मुल्य आकाश छुने गरि बढ्ने छ । मध्यपूर्व बाट बिटकोइनको रिटेल मुल्य निकै प्रभावमा पर्दछ, चीन र ईरान जस्ता देशहरुमा पूजींलाई सरकारले नियन्त्रण गर्दछ र यस्ता विषम परिस्थितीमा देशका आर्थिक संयन्त्र र ब्यापारहरु धरापमा पर्ने हुँदा सकेसम्म त्यहाँको संस्थागत पूँजी भर्चुअल बिटकोइन जस्ता ठाँउमा खन्याउने चलन हुन्छ । ट्रिलीयन सुन र तेलको कारोवार गर्ने देश ईरान अब यस विषम परिस्थितीमा पश्चिमा कम्पनीहरुका लागि पूँजी भेला पार्ने राम्रो थलो् बन्नेछ । त्यहाँका निजी कम्पनी र घरानियाँहरु अब यस्ता करेन्सीमा आफ्नो पूँजी थान्को लगाउने चलन हुन्छ । बिटकोइनको घट्दो क्रेज अब केवल ईरानी लगानीकर्ताहरुले विवशतावश उकास्नेछन् भन्ने धेरैको ठम्याई छ । फोर्बस म्यागजीनका अनुसार पनि अब बिटकोइनको मुल्य बढ्नेछ किनभनें ईरानी लगानीकर्ता र व्यापारीहरु अब आफ्नो पूँजीको संस्थागत रक्षा गर्न भर्चुअल र बेनामी थलोहरुको प्रयोग गर्नेछन् । अब विश्ववजारमा बिटकोइनको बेटा मुल्य उकालो लाग्न थाल्नेछ, कच्चा तेल र सूनको ठूलो ब्यापारीको थलो देश ईरानको भविष्य अब अन्यौलमा जो पारिएको छ ।

यो पनि पढ्नुहोस्

ईरानले जमिनमुनी गुप्तरुपमा न्यूक्लीयर हतियार बनाँउदैछ : संयुक्तराष्ट्र संघ
के ईरानले युद्ध चाहन्छ ?
अमेरिका र ईरानको युद्ध हुन्छ त ?
ईरानमा मदिरामाथिको प्रतिबन्ध घातक

लाइभमाण्डु


Loading comments...