अम्बा मिठो फल मात्र होइन, यो औषधी पनि हो!


अम्बा पौष्टिक रुपमा भरिपूर्ण छ । अम्बामा ‘डायट्री फाइबर’ प्रसस्त मात्रामा पाइन्छ। यस्तै, अम्बा क्यालसियम र पोटासियमको महत्वपूर्ण स्रोत हो। यसमा केही मात्रामा फलाम पनि पाइन्छ । अम्बामा भिटामिन, प्रोटिन पनि पाइन्छ । अम्बा ‘भिटामिन सी’को स्रोत हो ।

अम्बाका औषधीय गुण

१. अम्बाको नियमित सेवनले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

२. अम्बाभित्रको गुटीमा १४ प्रतिशतसम्म तेल हुन्छ, जसले राम्रो कोलेस्टेरोल (एचडिएल) को मात्रा बदाउँछ ।

३. अम्बामा प्रसस्त मात्रामा भिटामिन सी पाइने हुनाले यसले छाला सम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

४. अम्बाको सेवनले रगतमा चिनीको मात्रा उपयोगमा ढिलाइ गराउन मद्दत गर्छ, जुन डाइबिटिज रोगीलाई अत्यन्त उपयोगी हुन्छ ।

५. अम्बामा धेरै मात्रामा पाइने ‘ट्यानिन’ तत्वले झाडापखाला निको पार्न मद्दत गर्छ ।

६. नियमित अम्बा सेवन गर्नाले क्यान्सरको सम्भावना घटाउँछ ।


Loading comments...