अरुण जेटलीको निधन


काठमाण्डौ, ७ भाद्र, २०७६ । भारतका पूर्व अर्थ मंत्री तथा सत्ताधारी भारतीय जनता पार्टी (बीजेपी) का वरिष्ठ नेता अरुण जेटलीको शनिवार अपरान्ह १२:०७ बजे दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS) अस्पतालमा ६६ वर्षको उमेरमा निधन भएको छ ।

जेटलीलाई ९ अगस्ट २०१९ मा एम्स (AIIMS) मा भर्ना गरिएको थियो । अस्पतालले विज्ञप्ति जारी गर्दै वहाँको मृत्युको घोषणा गरेको हो । वहाँको उपचारमा एम्सका वरिष्ठ डाक्टर सहितको टोली संलग्न थियो ।

उनको जन्म भारतको नयाँ दिल्लीमा २८ डिसेम्बर १९५२ मा भएको थियो । मोदी सरकारको पहिलो कार्यकालको संकटमोचकको रुपमा परिचित जेटली लामो समयदेखि बिमारीले ग्रस्त हुनुहुन्थ्यो ।

आईतबार अपरान्ह २ बजे दिल्लीस्थित निगम बोध घाटमा वहाँको अन्तिम संस्कार गरिने छ ।


Loading comments...