अस्ट्रेलियाको आगलागी अझै भयावह


दक्षिण पूर्व अस्ट्रेलियामा आकाशको रंग रगत जस्तो रातो देखिन्छ। यहाँ नयाँ वर्षको शुरुवात उही रंग र चिन्ताका साथ प्रारम्भ भयो ।

यद्यपि, गत बर्ष सेप्टेम्बरदेखि यहाँको जङ्गलका झाडीहरुमा आगो लाग्न शुरू भएको थियो । कम्तिमा २८ जना मानिसहरु यस आगलागीको चपेटामा परी ज्यान गुमाईसकेका छन् । आगलागीको चपेटामा रहेको अष्ट्रेलियाको ठूलो क्षेत्र डेनमार्कको कूल क्षेत्रफलभन्दा ब्यापक छ । अहिलसम्म कम्तिमा दुई हजार भन्दा बढी घर नष्ट भएका छनभने अवस्था वास्तवमैं डरलाग्दो छ।

त्यहाँ बढ्दो तापक्रमका सबै रेकर्ड पछाडी परिसकेका छन् भने सुख्खा जङ्गल र बेगले बग्ने बतासका कारण आगलागीको अवस्था अझै भयावह हुँदैगएको हो । यो महिना सिडनीको तापक्रम ४९ डिग्री सम्म पुगेको छ । सन् २०१७ पछि, न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा वर्षा क्रमशः घट्दै गएको छ । वर्षाले कृषि उत्पादनलाई मात्र असर गरेन, यसले आगोलाई अझै ब्यापक रुपले अन्य क्षेत्रहरुमा फैलाउन पनि सहयोग पुर्‍यायो।

न्यू साउथ वेल्समा करीब एक करोड एकड क्षेत्रफल क्षेत्र डढेर खरानी बनिसकेको छ । गर्मीको मौसममा अस्ट्रेलिया सामान्यत अत्यधिक गर्मी तथा सुख्खा रहने गर्दछ । तर जलवायु परिवर्तनको असरका कारण सुख्खा तथा गर्भी न्यूनतम स्तरबाट बढ्दै जाँदा जङ्गलमा रहेका पातको थुप्रो तथा झाडीहरु सुख्ने क्रम बढ्दै गयो ।

अस्ट्रेलियाको हरेक प्रान्त आगलागीबाट प्रभावित भएका छन् जसमा आगलागीको सबैभन्दा ठूलो असर न्यू साउथ वेल्स परेको छ । अस्ट्रेलियाको ठूलो शहर मेलवर्न तथा सिडनी पनि आगलागीबाट प्रभावित भएका छन् । गत डिसेम्बरको प्रारम्भमा सिडनीको हावाको गुणस्तर खतरनाक स्तरमा पुगेको मापन गरिएको थियो ।

अस्ट्रेलियामा गर्मीको मौसम डिसेम्बरदेखि फेब्रुअरीसम्म रहन्छ । टाइम पत्रिकाका अनुसार न्यू साउथ वेल्सको झण्डै ३० प्रतिशत जङ्गल खरानी भईसकेको छ । आशंका छ की यो हप्ता यो तथ्यांक ५० प्रतिशतभन्दा बढ्न सक्छ । अस्ट्रेलियाको मौसम विभाग अनुसार सन् 2019 इतिहासमैं सबैभन्दा गर्मीवर्ष रहेको थियो ।

Source: Australian Government Bureau of Meteorology

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मारिसनले आगलागी (बुशफायर) समाधान गर्ने तरीकालाई लिएर खेद प्रकट गर्नुभएको छ । स्कट मारिसनले आगो तथा जलवायु परिवर्तनका विषयमा उनको सरकारले लिएको नीतिको ब्यापक आलोचनाको सामना गर्नुपरेको छ । आजै प्रधानमन्त्री स्कट मारिसनले भनेका छन्, ”आवश्यक्ता अनुसार मैले धेरैकुराहरु राम्रो तरीकाले सम्हाल्न सक्थें ।”

अघिल्ला केही हप्तामा न्यू साउथ वेल्स तथा विक्टोरिया राज्योमा आगलागी प्रभावित क्षेत्रहरुको भ्रमणका क्रममा प्रधानमन्त्री स्कट मारिसनले स्थानीयहरुको ब्यापक विरोधको सामना गर्नुपरेको छ । जका कारण उनले आफ्नो अन्य भ्रमणहरु बिचमैं रद्द गरे । यी दुवै राज्य आगलागीबाट अत्यधिक प्रभावित क्षेत्रमा पर्दछन् ।

न्यू साउथ वेल्सको कोबार्गो शहरमा जब प्रधानमन्त्री पुगेका थिए त्यतिबेला एक महिला दमकलका लागि थप संसाधनहरुको मांग गर्न थालिन । केही व्यक्तिले उनलाई ”बेवकूफ” भन्दै कराएका थिए र त्यहा ”तिमीलाई यहाँबाट कुनै भोट प्राप्त हुनेवाा छैन” भन्दै गरेको सुन्न सकिन्थ्यो ।

स्थानीय टेलीभिजन एबीसीसंगको एक टीवी इन्टरभ्यूका क्रममा स्कट मारिसनले भने, ”यो संवेदनशील परिस्थिती हो, अत्यन्त भावनात्मक परिस्थिति हो । हामी जब मानिसहरुसँग भेट्छौं त्यस बेला अवस्य पनि हामीबाट भावना तथा अन्य कमजोरी हुनसक्छ ।”

वहाँले भन्नुभयो, “हामी आगलागीको सामना र समाधानको लागि भएका कोशिशहरुबारे जाँच बैठक राख्नेछु”

अघिल्लो महिना प्रधानमन्त्री स्कट मारिसनलाई त्यस बेला आलोचनाको सामना गर्नुपरेको थियो जतिबेला अस्ट्रेलिया आगलागीको संकटमा फँसेको थियो र उनी हवाईमा छुट्टि मनाउन निस्किएका थिए । जनताको ब्यापक विरोध र रिसलाई ध्यानमा राख्दै उनले आफ्नो विदालाई सिमित राख्दै हवाईबाट अस्ट्रेलीया फर्किनुपरेको थियो ।


Loading comments...